यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
जनमुक्ति सेनाकी कमाण्डर सन्ध्याकाे `बारूदभित्रकाे जीवन´ सार्वजनिक. मूलखबर संवाददाता काठमाडौं जनयुद्धको प्रत्यक्ष अनुभव संगालेकी जनमुक्ति सेनाकी कमाण्डर जानुका धमला सन्ध्याद्वारा लिखित पुस्तक बारूदभित्र जीवन बजारमा आएको छ ।. राजधानीमा बुधबार आयाेजित गणतन्त्र सेनानी सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त पुस्तक विमाेचन गर्नुभएको हाे ।. दशबर्षे जनयुद्धमा जनमुक्ति सेना नेपालको सिपाही देखि कम्पनि कमाण्डर सम्मको भुमिका निभाएकी जानुका धमला (सन्ध्या)को “बारुद भित्र जीवन” पठनिय र महत्त्वपूर्ण पुस्तक रहेकाे प्रचण्डले बताउनुभएको छ । गणतन्त्र सेनानी कोषको आयोजनामा भएको “गणतन्त्र सेनानी सम्मान २०८१” नामक कार्यक्रममा धमलाको कृति पनि लोकार्पण गरिएको हाे ।. धमला जनमुक्ति सेनाकाे कमाण्डर र सदस्यकाे रूपमा दर्जनौं फाैजी कारवाही र भिडन्तहरूमा प्रत्यक्ष सहभागी भएकी याेद्वा हुन् । उनले जनयुद्वमा जिवनसाथी समेत गुमाएकी थिइन् । उनी तत्कालीन रेडियो जनगणतन्त्र नेपालकाे संवाददाताकाे रूपमा पनि काम गरेकी थिइन् । उनी शान्ति प्रक्रियापछि तेस्रो डिभिजनबाट स्वेच्छिक अवकासमा निस्केकी थिइन् । उनी त्यसपछि राेजगारीकाे सिलसिलामा विदेश र युराेप समेत पुगेको र अहिले स्वदेशमै रहेर परिवर्तनको पक्षमा काम गरिरहेकाे उनले बताइन् ।. सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता तथा माओवादी उच्च स्तरका नेताहरु पुर्व जनमुक्तिसेना नेपालका डेपुटी कमाण्डरहरु को बिशेष उपस्थिति र नेता कार्यकर्ताहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । गणतन्त्र सेनानी कोषका अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य सरल सहयात्रीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई “ गणतन्त्र नायक सम्मान” बाट सम्मानित गरिएको थियो । कार्यक्रममा दशबर्षे जनयुद्ध,१९ दिने जन आन्दोलन तथा बिभिन्न राजनैतिक र सामाजिक रुपान्तरणमा अग्रणी मोर्चामा रहेर देश र जनातको लागि आफ्नो ज्यानको पर्वाहा नगरि लड्ने साहासिक योद्धाहरु,जनमुक्ति सेनाका डेपुटी कमाण्डर जनार्दन शर्मा प्रभाकर, नन्द बहादुर पुन पासाङ,चक्रपाणी खनाल बलदेव तथा जनमुक्ति सेनाका बिभिन्न तहका कमाण्डरहरुलाई सम्मान गरिएको थियो ।.
जनमुक्ति सेनाकी कमाण्डर सन्ध्याकाे `बारूदभित्रकाे जीवन´ सार्वजनिक
मूलखबर संवाददाता
काठमाडौं
जनयुद्धको प्रत्यक्ष अनुभव संगालेकी जनमुक्ति सेनाकी कमाण्डर जानुका धमला सन्ध्याद्वारा लिखित पुस्तक बारूदभित्र जीवन बजारमा आएको छ । 
राजधानीमा बुधबार आयाेजित गणतन्त्र सेनानी सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त पुस्तक विमाेचन गर्नुभएको हाे ।
दशबर्षे जनयुद्धमा जनमुक्ति सेना नेपालको सिपाही देखि कम्पनि कमाण्डर सम्मको भुमिका निभाएकी जानुका धमला (सन्ध्या)को “बारुद भित्र जीवन” पठनिय र महत्त्वपूर्ण पुस्तक रहेकाे प्रचण्डले बताउनुभएको छ ।
गणतन्त्र सेनानी कोषको आयोजनामा भएको “गणतन्त्र सेनानी सम्मान २०८१” नामक कार्यक्रममा धमलाको कृति पनि लोकार्पण गरिएको हाे ।
धमला जनमुक्ति सेनाकाे कमाण्डर र सदस्यकाे रूपमा दर्जनौं फाैजी कारवाही र भिडन्तहरूमा प्रत्यक्ष सहभागी भएकी याेद्वा हुन् । उनले जनयुद्वमा जिवनसाथी समेत गुमाएकी थिइन् । उनी तत्कालीन रेडियो जनगणतन्त्र नेपालकाे संवाददाताकाे रूपमा पनि काम गरेकी थिइन् । उनी शान्ति प्रक्रियापछि तेस्रो डिभिजनबाट स्वेच्छिक अवकासमा निस्केकी थिइन् । उनी त्यसपछि राेजगारीकाे सिलसिलामा विदेश र युराेप समेत पुगेको र अहिले स्वदेशमै रहेर परिवर्तनको पक्षमा काम गरिरहेकाे उनले बताइन् ।
सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता तथा माओवादी उच्च स्तरका नेताहरु पुर्व जनमुक्तिसेना नेपालका डेपुटी कमाण्डरहरु को बिशेष उपस्थिति र नेता कार्यकर्ताहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
गणतन्त्र सेनानी कोषका अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य सरल सहयात्रीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई “ गणतन्त्र नायक सम्मान” बाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा दशबर्षे जनयुद्ध ,१९ दिने जन आन्दोलन तथा बिभिन्न राजनैतिक र सामाजिक रुपान्तरणमा अग्रणी मोर्चामा रहेर देश र जनातको लागि आफ्नो ज्यानको पर्वाहा नगरि लड्ने साहासिक योद्धाहरु ,जनमुक्ति सेनाका डेपुटी कमाण्डर जनार्दन शर्मा प्रभाकर , नन्द बहादुर पुन पासाङ ,चक्रपाणी खनाल बलदेव तथा जनमुक्ति सेनाका बिभिन्न तहका कमाण्डरहरुलाई सम्मान गरिएको थियो ।