रास्वपा सभापति लामिछानेलाई चितवन लगियाे
रास्वपा सभापति तथा पुर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई काठमाडौंबाट चितवन पुर्याइएकाे छ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा बयान लिन चितवन प्रहरीले लामिछानेलाई चितवन लगेकाे हाे ।
भरतपुर विमानस्थलमा लामिछानेको रपहाइकाे माग सहित समर्थकहरूले नारावाजी गरेका थिए ।
भरतपुर एयरपोर्टबाट लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पुर्याइसकिएको चितवन प्रहरीले जनाएको छ । कास्की प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको लामिछानेमाथि अन्य सहकारी रकम दुरुपयोगका बारेमा अनुसन्धान भइरहेको कास्कीसहित रुपन्देही र काठमाडौंमा बयान लिने कार्य भइरहेको छ ।
चितवन प्रहरीले आइतबार मात्रै पूर्व प्रहरी नायब महानिरीक्षक (डिआईजी) छविलाल जोशी र अर्का आरोपित रामबहादुर खनाललाई भरतपुर ल्याएर सरकारी वकिलको कार्यालयमा बयान लिइरहेको छ । जोशी र खनाल पनि कास्की प्रहरीको हिरासतमा थिए ।