उपनिर्वाचन : हुम्लाकाे सर्केगाडमा माओवादी उमेदवार देवकी तिमिल्सिना विजयी

मूलखबर संवाददाता
काठमाडौं, १७ मंसिर

मंसिर १६ गते सम्पन्न मतदानकाे अन्तिम परिणाम हुम्लाको बनेकाे छ ।

हुम्लाको सर्केगाड गाउँपालिकाकाे उपाध्यक्षमा भएको  निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले नै जितेको छ । निर्वाचन आयोगका अनुसार गाउँपालिकाको अध्यक्षमा माओवादीका उम्मेदवार देवकी तिमल्सीनाले नेपाली काँग्रेसका उम्मेदवार सविता बुढालाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

माओवादीका उम्मेदवार तिमल्सीनाले काँग्रेसका उम्मेदवार बुढालाई ४३ मतान्तरले मात्रै पछि पार्दै जित हासिल गरेकी हुन् । जसमा तिमल्सीनाले १ हजार ६३७, बुढाले १ हजार ५९४, नेकपा (एमाले)का उम्मेदवार जाना शाहीले ४७१ मत प्राप्त गरेकी छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार संगिता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले ९ मत मात्रै प्राप्त गरेका छन् । जम्मा ४ हजार ५२६ मत खसेकोमा ७८ मत भने बदर भएका छन् ।