सकियाे उपनिर्वाचन : माओवादी उत्साहित, सत्तारूढ दल कांग्रेस एमालेलाई धक्का

मूलखबर संवाददाता
काठमाडौं, १७ मंसिर

मंसिर १६ गते सम्पन्न उपनिर्वाचनकाे सबै स्थानकाे नतिजा सार्वजनिक भइसकेको छ । जसअनुसार सत्तारूढ दलहरू पराजित र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र वीजयी भावमा देखा परेकाे छ ।

उपनिर्वाचन भएकोमध्ये अघिल्लो निर्वाचनमा माओवादीले जितेका ७ पद रिक्त रहेपनि सो पार्टीले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष, एक नगरपालिका उपाध्यक्ष र ७ वटा वडामा विजय हासिल गरेको छ । उसले झिनाे मतले कीर्तिपुर नगर प्रमुख र गाैरीशंकर गापा उपाध्यक्ष गुमाउन पुगेको छ ।

सत्ताको नेतृत्व गरेको दल एमालेले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वडामा जित हासिल गरेको छ । यस आधारमा एमालेले २०७९ मा भएको स्थानीय तह उपनिर्वाचनमा गुमाएको दैलेखको महाबु गाउँपालिका अध्यक्ष र बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद कांग्रेसबाट खोस्न सफल भएको छ । तर, दुई पद जित्नुबाहेक एमालेले वडामा भने खासै प्रगति गर्न सकेन ।

सत्ता साझेदार दल नेपाली कांग्रेसले एउटा नगरपालिकाको मेयर, १६ वटा वडामा जित हासिल गरेपनि उसले यसअघिको आफ्नो सिट जोगाउन सकेन ।  उपनिर्वाचन भएका स्थानमध्ये २६ पद कांग्रसकै रिक्त थियो । उपनिर्वाचनबाट माओवादीको सुधारिएको नतिजा देखिँदा सत्तामा रहेका कांग्रेस र एमालेलाई धक्का लाग्न पुगेको नतिजाले देखाएको छ ।

यस्ताे छ नतिजा

उपनिर्बाचनको अन्तिम परिणाम:
काङ्ग्रेस: १ मेयर र १६ वडा
माओवादी: १ अध्यक्ष, १ उपमेयर, २ उपाध्यक्ष र ७ वडा
एमाले: १ अध्यक्ष, २ उपाध्यक्ष र ५ वडा
जसपा: २ वडा
नेकपा एस, नेमकिपा, रास्वपा र स्वतन्त्र: १/१ वडा

यसपटकको उपनिर्वाचन मिनि जनमत संग्रह जस्तो थियाे
माओवादीले जितेकाे स्थानहरू –
१. अध्यक्ष – ग्रामथान गाउपालिका, माेरङ
२. उपमेयर – नलगाढ नगरपालिका, जाजरकोट
३. उपाध्यक्ष – पुथा उत्तरगंगा गापा, रूकुमपुर्व,
४. उपाध्यक्ष – सर्केगाड गाउँपालिका, हुम्ला
५. वडाध्यक्ष- पुथा उत्तरगंगा, रूकुम पुर्व,
६. वडाध्यक्ष- गाेरखा नपा-५,
७. वडाध्यक्ष- धनुषाधाम १,
८. वडाध्यक्ष- ककनी ३, नुवाकाेट
९. वडाध्यक्ष- बेलका ९, उदयपुर
१०. वडाध्यक्ष- त्रियुगा १२ , उदयपुर
११. वडाध्यक्ष- त्रिपुरासुन्दरी ९, डाेल्पा