उपनिर्वाचन : मत परिणाम आउँदै, कहाँ कसले जिते ? कहाँ काे अगाडि ?
मंसिर १६ गते भएको स्थानीय तहकाे उपनिर्वाचनकाे मत परिणाम लगातार आईरहेकाे छ । आइतबार साँझ ५ बजे सकिएको मतगणनाकाे परिणाम आउने क्रममा साेमबार दिउँसो ४ बजेसम्म ३३ स्थानकाे नतिजा सार्वजनिक भएको छ । जसअनुसार माेरङकाे ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादी का नमाेनारायण माझी निर्वाचित भएका छन् भने रूकुम पुर्वकाे पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा कांग्रेस एमालेसहितकाे गठबन्धन हराउँदै माओवादी केन्द्रकी नुरपुरा बुढा विजयी भएकी छिन् ।
कांग्रेसकी उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १ सय २८ मत प्राप्त गरेकी छन् । कांग्रेस उम्मेदवार तुलाचन एमालेको महिला संगठनकी केन्द्रीय सदस्य हुन् । एमाले र कांग्रेसबीच गठबन्धन भएपछि एमालेकी नेता तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर उम्मेदवार बनेकी हुन् ।
पालिकाभरी कुल ११ हजार १ सय ८० मतदाता रहेकोमा ५ हजार ९ सय ३१ खसेकोमा ५ हजार ७ सय ५५ मत सदर हुँदा १ सय ७६ मत बदर भएको छ । गत भदौ २८ गते बागलुङमा जिप दुर्घटना हुँदा यसअघि माओवादी केन्द्रकै तर्फबाट उम्मेदवार भएका पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं. वडा अध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएपछि उक्त दुई पद रिक्त भएका थिए । यसपल्टको उपनिर्वाचनमा एमालेका तर्फबाट कांग्रेसको चुनाव चिह्न लिएर केशकुमारी तुलाचनलाई र माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढालाई उम्मेदवार बनाएको थियो ।
त्यसैगरी कीर्तिपुर नगरपालिका मेयरमा कृष्णमान डंगोलले अग्रता लिएका छन् भने दाेलखाकाे गाैरिशंकर गाउँपालिका उपाध्यक्षमा माओवादीकि निमलेकी शेर्पाले अग्रता लिएकी छिन् ।
हेर्नुहोस परिणाम
१, ताप्लेजुङको सिरीजंगा गाउँपालिका ३ मा एमालेकी कुमारी सावदेन विजयी
२, झापाको कन्काई नगरपालिका ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली विजयी
३, गुल्मीको मुसिकोटनगरपालिका १ मा कांग्रेसका आनन्द श्रेष्ठ विजयी
४, महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा एमालेका सकिवुल खाँ विजयी
५, दैलेखको दुल्लु नगरपालिका १३ मा एमालेका लालबहादुर शाही विजयी
६, गोरखा नगरपालिका ५ मा नेकपा माओवादी केन्द्रका विष्णु ब.मगर विजयी
७, रौतहटको इशनाथ नगरपालिका ७ मा काँग्रेसका शेख अब्दुल खलिक विजयी
८, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ मा कांग्रेस मोतीराम खत्री विजयी
९, जाजरकोटको कुशे गाउँपालिका७ मा कांग्रेसका खम्बबहादुर सिंह विजयी
१०, डोटीको पुर्बीचौकी गाउँपालिका ६ मा कांग्रेसका मोहन थापा विजयी
११, दार्चुलाको दुहुँ गाउँपालिका ५ मा कांग्रेसका धनसिंह कुँवर विजयी
१२, ओखलढुंगाको मोलुङ गाउँपालिका ५ मा एमालेका गंगा तामाङ विजयी
१३, रोल्पाको रुन्टिगढी गाउँपालिका ४ मा कांग्रेसका भुपमणि पुन विजयी
१४, कालिकोटको तिलागुफा गाउँपालिका ४ मा नेमकिपाका खड्कराज शाही विजयी
१५, धनुषाधाम नगरपालिका१ मा माओवादी केन्द्रका शुनिल कापर केवट विजयी
१६, सुनसरीको गढी गाउँपालिका ६ मा काँग्रेसका तेतर साह विजयी
१७, बझाङको सुर्मा गाउँपालिका ४ मा काँग्रेसका धिरेन्द्र पुजारा विजयी
१८, बर्दियाको ठाकुरबाबा नगरपालिका ४ मा काँग्रेसका अमिन चौधरी विजयी
१९, रौतहटको राजपुर नगरपालिका ६ मा कांग्रेसका समसे आलम विजयी
२०, सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ मा जसपा नेपालका देवेन्द्र यादव विजयी
२१, तेह्रथुमको लालिगुँरास नगरपालिका ८ मा कांग्रेसका नगेन्द्र लिम्बु विजयी
२२, कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा कांग्रेसका प्रकाश चन्द विजयी
२३, नुवाकोटको ककनी गाउँपालिका २ मा माओवादीका कृष्ण घिमिरे विजयी
२४, कीर्तिपुर नगरपालिका १ मा कांग्रेसका इच्छा कुमार महर्जन विजयी
२५, कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा एमालेका मोहमद मुसलमान विजयी
२६, हेटौंडा उपमहानगरपालिका १२ मा काङ्ग्रेसका अर्जुन प्रसाद तिवारी विजयी
२७, उदयपुरको त्रियुगा नगरपालिका १२ मा माओवादीका नवीन बान्तवा विजयी
२८, सप्तरीको डाक्नेश्वरी नगरपालिका १ मा जसपा नेपालका धिरेन्द्रकुमार साह विजयी
२९, रौतहटको गढीमाई नगरपालिका ८ मा नेकपा एसका बजरंगी प्रसाद यादव विजयी
३०, काठमाण्डौ महानगरपालिका १६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी
३१, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सुलोचना भण्डारी विजयी
32.जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) की देवका लामिछाने विजयी
३३, मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारयण माझी विजयी