रास्वपा सभापति लामिछानेलाई अदालत लगियाे, म्याद थपकाे तयारी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइएको छ । पटक पटक म्याद थप गरि कास्की प्रहरी हिरासतमा राखिएका उनलाई आज फेरि अदालत लगिएको हाे ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हाे ।
गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएकाले आज फेरि अदालत उपस्थित गराइएको हो ।
उनी विरूद्व कास्की, रूपन्देही, काठमाडौं र चितवनमा समेत पक्राउ पुर्जी जारि गरिएको छ ।
रास्वपाले लामिछानेको गिरफ्तारी राजनीतिक पुर्वाग्रह भएको भन्दै सरकारकाे विराेध गरिरहेकाे छ ।