किर्तिपुर मेयरमा शिवशरणसहित काे-काे ले गरे मनाेनयन ?

मूलखबर संवाददाता
काठमाडौं, २ मंसिर, २०८१

कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जनले मनाेनयन दर्ता गराएका छन् ।

मनाेनयन दर्ता गर्ने दिन ताेकिएकाे समयमा उनीसहित वडाध्यक्षका उमेदवारहरू अष्टमान महर्जन र ले पनि उमेदवारी दर्ता गरेका छन् । निर्वाचन कार्यलयका अनुसार २० जनाले मेयरमा उमेदवारी दर्ता गरेका छन् ।

त्यसैगरी सत्तारुढ दल नेपाली कांग्रेस र  नेकपा एमालेबाट पनि उमेदवारहरूले मनाेनयन दर्ता गराएका छन् । एमालेबाट डा. सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसबाट कृष्णमान डंगोलले मेयर पदमा उमेदवारी दर्ता गरेका छन् । जसपा नेपालले दिपक महर्जन (हनी) लाई उम्मेदवार बनाएको छ। यस्तै सरसफाइ अभियन्ता राजमान महर्जनले पनि उम्मेदवारी दिएका छन‍्।

आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मानन्धरले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेबाट कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा हर्ष महर्जन र वडा नम्बर ४ मा बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ ।

दर्ता भएका मेयर उमेदवारकाे नामावली