यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
रूसी राष्ट्रपति पुटिनले दिए डाेनाल्ड ट्रम्पलाई बधाई. मूलखबर संवाददाता काठमाडौं, २३ कात्तिक संयुक्त राज्य अमेरिकाकाे ४७ ओैं राष्ट्रपतिमा भारी मतका साथ निर्वाचित भएका डाेनाल्ड ट्रम्पलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बधाई दिएका छन् ।. पुटिनले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बिहीबार बधाई दिएका हुन् । राष्ट्रपति पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले एक कार्यक्रमका अवसरमा ट्रम्पलाई बधाई दिएका हुन् ।. बिहीबार भल्दाई इन्टरनेसनल डिस्कसन क्लबमा आयोजित एक कार्यक्रममा पुटिनले ट्रम्पलाई बधाई दिएका रूसी समाचार संस्था तासले जनाएकाे छ ।. पुटिनको भनाइ उद्धृत गर्दै तासले लेखेको छ, ‘म यो अवसरलाई सदुपयोग गर्दै अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्रम्पलाई बधाई दिन चाहन्छु । मैले पहिले पनि भनिसकेको छु कि अमेरिकी नागरिकको विश्वास भएका राष्ट्राध्यक्षसँग हामी काम गर्नेछौँ ।’.
रूसी राष्ट्रपति पुटिनले दिए डाेनाल्ड ट्रम्पलाई बधाई
मूलखबर संवाददाता
काठमाडौं, २३ कात्तिक
संयुक्त राज्य अमेरिकाकाे ४७ ओैं राष्ट्रपतिमा भारी मतका साथ निर्वाचित भएका डाेनाल्ड ट्रम्पलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बधाई दिएका छन् ।
पुटिनले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बिहीबार बधाई दिएका हुन् । राष्ट्रपति पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले एक कार्यक्रमका अवसरमा ट्रम्पलाई बधाई दिएका हुन् ।
बिहीबार भल्दाई इन्टरनेसनल डिस्कसन क्लबमा आयोजित एक कार्यक्रममा पुटिनले ट्रम्पलाई बधाई दिएका रूसी समाचार संस्था तासले जनाएकाे छ ।
पुटिनको भनाइ उद्धृत गर्दै तासले लेखेको छ, ‘म यो अवसरलाई सदुपयोग गर्दै अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्रम्पलाई बधाई दिन चाहन्छु । मैले पहिले पनि भनिसकेको छु कि अमेरिकी नागरिकको विश्वास भएका राष्ट्राध्यक्षसँग हामी काम गर्नेछौँ ।’