यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
व्यावसायिक फूल खेतीमा जुट्दै युवा. मूलखबर संवाददाता काठमाडौं नवलपुरमा व्यावसायिक फूल खेतीमा यहाँका युवाहरु जुटेका छन् । विगत पाँच वर्षदेखि स्थानीयस्तरमा सयपत्री फूलको व्यावसायिक रुपमा खेती गर्न युवा लागि परेका हुन् ।. तिहारलाई सप्तरंगी टीका र सयपत्री अनि मखमली फूलको माला लगाउने पर्वका रुपमा मान्ने गरिन्छ । तिहार नजिकिएसँगै बगैँचामा फुलेका फूलले तिहारको छुट्टै रौनकता बढएको छ ।. पछिल्लो समय हजारी, मखमली, गुरधौलीजस्ता फूलहरुको उत्पादनसँगै जिल्लामा तिहारका लागि महत्वपूर्ण मानिने सयपत्री फूलको बिक्री गर्न सुरु गरिएको छ । तिहार नजिकिएसँगै बजार झिलिमिलि देखिएको छ । प्राकृतिक मालाको व्यापार पनि राम्रो हुने व्यापारिहरुको भनाइ छ ।. कावासोती ३ का दिपक न्यौपानेको दैनिकि अहिले फूल बगैचामा बित्नेगरेको छ । न्यौपाने हरेक दिन बगैचामा फूलको हेरचाह गर्ने कार्यमा व्यस्त रहनुभएको छ । व्यावसायिक फूल खेती गर्नुभएका न्यौपाने विगत पाँच वर्षदेखि निरन्तर रुपमा लागि परेको बताउनुहुन्छ ।. कावासोती –३ गणेस टोलस्थित कावासोती गार्डेनमा उहाँले लगाएका सयपत्री फूल ढकमक्क फूलेका छन् । टेवलटेनिस जातको सयपत्री फूल तयार भएकाले बगैँचाबाटप्रति मालाको एकसय दरले लैजान सकिने उहाँ बताउनुहुन्छ । माग धेरै बढेकाले विगतका वर्षहरुमा पनि फूलबाट राम्रो आम्दानी भएको उहाँले बताउनुभयो ।. एक सिजनमा करिव एक लाखसम्म पनि आम्दानी गर्न सकिने हुँदा पनि व्यावसायिक फूल खेतीमा लागेको न्यौपानेको भनाइ छ । यस्तै, कावासोती –२ का विकास खड्काले पनि तिहारलाई लक्षित गर्दै सयपत्री फूल लगाउनु भएको छ । सानो थुङ्गा भए प्रतिमाला एकसय र ठुला थुङ्गा भए प्रतिमाला १२० रुपियामा बेच्ने तयारी भएको उहाँले बताउनुभयो ।. बाँझो रहेको जमिनलाई भाडामा लिएर कावासोती ९ मा सामूहिक फूल खेती गरिएको बाबुराम केसीले बताउनुभयो । फूलखेतीमा राम्रो सम्भावना भएकाले गत वर्षबाट जग्गा भाडामा लिएर सामूहिक फूल खेती गरिएको उहाँले बताउनुभयोे । तिहारका लागि भन्दै बर्षेनी करोडाँै रुपियाँ बराबरको फूल भारतबाट आयात गरिन्छ ।. कावासोती नगरपालिका उपप्रमुख फूलकुमारी थनेतले पालिकाभित्र १२ स्थानमा पुष्पखेती गरिएको बताउनुभयो । कावासोतीलाई आवश्यक पर्ने फूलमाला यहीको उत्पादनले पुग्ने विश्वास लिएको उहाँको भनाइ छ ।. हजारी, सयपत्री र मखमली जस्ता फूलहरुको व्यवसायिक खेति हुनु जनसंख्या बढ्दै जाँदा सयपत्री मालाको माग बढेको उहाँको भनाइ छ । जिल्लाको कावासोती, देवचुली, गैँडाकोट लगायतका क्षेत्रमा लगाइएका फूल व्यवसायिहरुको राम्रो आम्दानीको स्रोत भएको बताउँछन् ।.
व्यावसायिक फूल खेतीमा जुट्दै युवा
मूलखबर संवाददाता
काठमाडौं
नवलपुरमा व्यावसायिक फूल खेतीमा यहाँका युवाहरु जुटेका छन् । विगत पाँच वर्षदेखि स्थानीयस्तरमा सयपत्री फूलको व्यावसायिक रुपमा खेती गर्न युवा लागि परेका हुन् ।
तिहारलाई सप्तरंगी टीका र सयपत्री अनि मखमली फूलको माला लगाउने पर्वका रुपमा मान्ने गरिन्छ । तिहार नजिकिएसँगै बगैँचामा फुलेका फूलले तिहारको छुट्टै रौनकता बढएको छ ।
पछिल्लो समय हजारी, मखमली, गुरधौलीजस्ता फूलहरुको उत्पादनसँगै जिल्लामा तिहारका लागि महत्वपूर्ण मानिने सयपत्री फूलको बिक्री गर्न सुरु गरिएको छ । तिहार नजिकिएसँगै बजार झिलिमिलि देखिएको छ । प्राकृतिक मालाको व्यापार पनि राम्रो हुने व्यापारिहरुको भनाइ छ ।

कावासोती ३ का दिपक न्यौपानेको दैनिकि अहिले फूल बगैचामा बित्नेगरेको छ । न्यौपाने हरेक दिन बगैचामा फूलको हेरचाह गर्ने कार्यमा व्यस्त रहनुभएको छ । व्यावसायिक फूल खेती गर्नुभएका न्यौपाने विगत पाँच वर्षदेखि निरन्तर रुपमा लागि परेको बताउनुहुन्छ ।
कावासोती –३ गणेस टोलस्थित कावासोती गार्डेनमा उहाँले लगाएका सयपत्री फूल ढकमक्क फूलेका छन् । टेवलटेनिस जातको सयपत्री फूल तयार भएकाले बगैँचाबाटप्रति मालाको एकसय दरले लैजान सकिने उहाँ बताउनुहुन्छ । माग धेरै बढेकाले विगतका वर्षहरुमा पनि फूलबाट राम्रो आम्दानी भएको उहाँले बताउनुभयो ।
एक सिजनमा करिव एक लाखसम्म पनि आम्दानी गर्न सकिने हुँदा पनि व्यावसायिक फूल खेतीमा लागेको न्यौपानेको भनाइ छ । यस्तै, कावासोती –२ का विकास खड्काले पनि तिहारलाई लक्षित गर्दै सयपत्री फूल लगाउनु भएको छ । सानो थुङ्गा भए प्रतिमाला एकसय र ठुला थुङ्गा भए प्रतिमाला १२० रुपियामा बेच्ने तयारी भएको उहाँले बताउनुभयो ।

बाँझो रहेको जमिनलाई भाडामा लिएर कावासोती ९ मा सामूहिक फूल खेती गरिएको बाबुराम केसीले बताउनुभयो । फूलखेतीमा राम्रो सम्भावना भएकाले गत वर्षबाट जग्गा भाडामा लिएर सामूहिक फूल खेती गरिएको उहाँले बताउनुभयोे । तिहारका लागि भन्दै बर्षेनी करोडाँै रुपियाँ बराबरको फूल भारतबाट आयात गरिन्छ ।
कावासोती नगरपालिका उपप्रमुख फूलकुमारी थनेतले पालिकाभित्र १२ स्थानमा पुष्पखेती गरिएको बताउनुभयो । कावासोतीलाई आवश्यक पर्ने फूलमाला यहीको उत्पादनले पुग्ने विश्वास लिएको उहाँको भनाइ छ ।
हजारी, सयपत्री र मखमली जस्ता फूलहरुको व्यवसायिक खेति हुनु जनसंख्या बढ्दै जाँदा सयपत्री मालाको माग बढेको उहाँको भनाइ छ । जिल्लाको कावासोती, देवचुली, गैँडाकोट लगायतका क्षेत्रमा लगाइएका फूल व्यवसायिहरुको राम्रो आम्दानीको स्रोत भएको बताउँछन् ।
