श्रीमती हत्या गरी फरार ब्यक्ति झापाको जंगलबाट पक्राउ

मूलखबर संवाददाता
झापा, २८ असाेज

श्रीमतीको हत्या गरेर फरार रहेका एक व्यक्ति  फक्राउ परेका छन् । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ३ मा श्रीमतीको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

दार्जिलिङ डाँडास्थित भरत कुमालको घरमा अर्जुनधारा ३ जुङ्गेघारीका ४६ वर्षीय वीरबहादुर चौहानले ३७ वर्षीया श्रीमती मुना चौहानलाई धारिलो हतियार प्रहार गरी सोमबार दिउँसो हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पारिवारिक झगडामा श्रीमतीको हत्या गरि फरार रहेका चौहानलाई स्थानीय जुकेखाडी वन क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले सोमबार अपराह्न पक्राउ गरेको बताइएको छ ।