यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
विपि राजमार्गमा हजारौं यात्रु भाेकभाेकै अलपत्र, खाद्यान्न बाेकेर पुगे सांसद. बिपी राजमार्गको नेपालथोकदेखि कटुन्जेसम्म ठाउँठाउँमा बाढी र पहिरोले राजमार्ग बगाएको छ।. राजमार्ग बगाएपछि आवतजवात गर्न सक्ने अवस्था नरहेको रोशी गाउँपालिका उपाध्यक्ष मिम बहादुर लामाले जानकारी दिए । ठाउँ ठाउँमा धेरै सडक पहिरोले लगेपछि यात्रुलाई हिँड्न सक्ने अवस्था नरहेको लामाले बताए ।. मंगलटार ईलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक कृष्ण गिरीले बिपी राजमार्गमा रोशी गाउँपालिका भित्र मात्र करिब ५ हजार यात्रु फसेको जानकारी दिए । प्रहरीले बाटो नै टुटेको कारण यात्रुहरूलाई उद्धार गर्न कठिन भएको गिरीले बताए ।. धेरै यात्रुहरू भोकभोकै जाग्राम बसेर उद्धारको लागि अपिल गरिरहेको प्रहरी निरीक्षक गिरीले बताए । शनिबार बेलुका धुलिखेलबाट उडेका हेलिकोप्टर समेत बस्ने ठाउँ नभएर फर्किनु परेको गिरीले जानकारी दिए । बिपी राजमार्गको नेपालथोक, मंगलटार, नार्के, कटुन्जेमा यात्रुहरू अलपत्रमा परेका छन् ।. उनीहरू दुई दिनदेखि उद्धारको पर्खाईमा रहेको सप्तरीबाट काठमाडौं आउँदै गरेकी अर्चना पोखरेलले बताइन् । एउटा स्कुलमा दुई हजार बढी पीडित बस्नु परेको र उद्धारका लागि कुनै निकाय सम्पर्कमा नआएको उनले बताइन् ।. काभ्रेको प्रमुख जिल्ला अधिकारी बिदामा भएकाले उद्वार र राहत कार्यमा समस्या आएकाे बताइएको छ । प्रतिनिधिसभा सदस्य सुर्यमान दाेङ र प्रदेश सभा सदस्य रत्न ढकाल राहत सामग्री र खाद्यान्न सहित सेनाकाे हेलिकप्टर लिएर राेशी पुगेका छन् ।.
विपि राजमार्गमा हजारौं यात्रु भाेकभाेकै अलपत्र, खाद्यान्न बाेकेर पुगे सांसद
मूलखबर संवाददाता
काभ्रे, १३ असाेज
बिपी राजमार्गको नेपालथोकदेखि कटुन्जेसम्म ठाउँठाउँमा बाढी र पहिरोले राजमार्ग बगाएको छ।
राजमार्ग बगाएपछि आवतजवात गर्न सक्ने अवस्था नरहेको रोशी गाउँपालिका उपाध्यक्ष मिम बहादुर लामाले जानकारी दिए । ठाउँ ठाउँमा धेरै सडक पहिरोले लगेपछि यात्रुलाई हिँड्न सक्ने अवस्था नरहेको लामाले बताए ।
मंगलटार ईलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक कृष्ण गिरीले बिपी राजमार्गमा रोशी गाउँपालिका भित्र मात्र करिब ५ हजार यात्रु फसेको जानकारी दिए । प्रहरीले बाटो नै टुटेको कारण यात्रुहरूलाई उद्धार गर्न कठिन भएको गिरीले बताए ।
धेरै यात्रुहरू भोकभोकै जाग्राम बसेर उद्धारको लागि अपिल गरिरहेको प्रहरी निरीक्षक गिरीले बताए । शनिबार बेलुका धुलिखेलबाट उडेका हेलिकोप्टर समेत बस्ने ठाउँ नभएर फर्किनु परेको गिरीले जानकारी दिए । बिपी राजमार्गको नेपालथोक, मंगलटार, नार्के, कटुन्जेमा यात्रुहरू अलपत्रमा परेका छन् ।
उनीहरू दुई दिनदेखि उद्धारको पर्खाईमा रहेको सप्तरीबाट काठमाडौं आउँदै गरेकी अर्चना पोखरेलले बताइन् । एउटा स्कुलमा दुई हजार बढी पीडित बस्नु परेको र उद्धारका लागि कुनै निकाय सम्पर्कमा नआएको उनले बताइन् ।
काभ्रेको प्रमुख जिल्ला अधिकारी बिदामा भएकाले उद्वार र राहत कार्यमा समस्या आएकाे बताइएको छ । प्रतिनिधिसभा सदस्य सुर्यमान दाेङ र प्रदेश सभा सदस्य रत्न ढकाल राहत सामग्री र खाद्यान्न सहित सेनाकाे हेलिकप्टर लिएर राेशी पुगेका छन् ।