वर्षाका कारण अखिल (क्रान्तिकारी)काे बन्दसत्र स्थगित

मूलखबर संवाददाता
काठमाडौं, १२ असाेज

लगातारको वर्षाका कारण राजधानीमा जारी अखिल (क्रान्तिकारी) काे राष्ट्रिय सम्मेलनकाे बन्द सत्र स्थगित भएको छ । क्रान्तिकारीकाे अध्यक्ष मण्डलले बन्द सत्र भाेलीसम्मका लागि स्थगित गरिएको सुचना दिएकाे छ ।

यस्तो छ सुचना –

बन्दसत्र स्थगित भएको सुचना !
हिजोदेखि भएको अविरल वर्षाको कारण जनजीवन प्रभावित भएकाले हाम्रो संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनको असोज १२ गते ११.०० बजे देखि सञ्चालन गर्ने भनिएको बन्दसत्र स्थगन गरी असोज १३ गते बिहान १२ बजेदेखि सञ्चालन हुने जानकारी गराइन्छ।
अध्यक्ष मण्डल