काठमाडौं भित्रिने पृथ्वी राजमार्गमा दर्जनौं पहिराे, नाका ठप्प (विवरणसहित)

मूलखबर संवाददाता
काठमाडौं, १२ असाेज

निरन्तरकाे वर्षाले ठाउँ ठाउँमा पहिराे गएपछि काठमाडौं भित्रने र बाहिरिने मुख्य राजमार्ग पृथ्वी राजमार्गकाे काठमाडौं नाका पुर्ण रूपमा बन्द भएको छ ।

चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको  प्रहरीले जनाएको छ ।

साे स्थानमा विहान १२ः२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

नागढुंगा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन् ।

प्रहरीका अनुसार उपत्यकाका नाकाहरूमा सडक अवरुद्ध भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार फर्पिङमा पनि पहिरो खसेको छ ।

पृथ्वी राजमार्गको मुग्लिङ नाैविसे थानकोट मार्गमा दर्जन भन्दा बढी स्थानमा पहिराे गएकाे प्रहरीले जनाएको छ ।

मुग्लिङ-काठमाण्डाै सडक खण्डकाे झ्याप्ले खाेलामा पहिराेले बस पुरिएकाे खबर छ,

मुग्लिङ-नागढुङ्गा सडक खण्डकाे झ्याप्ले खाेलामा पहिराेले ना३ख ७८५ नम्बरकाे ट्रकमा क्षति, हाईवे पुर्ण रुपमा अबरुद्व,

मुग्लिङ-पाेखरा सडक खण्डकाे बन्दिपुर-१, चिसापानी, डुम्रेमा पहिराे, घरमा समेत क्षति

चितवन र धादिङकाे सिमाना माैवाखाेला क्षेत्रमा यात्रुहरु राति १ बजेदेखि विचबाटाेमा फसेकाे र त्रिशुलीकाे सतह सडक नजिक आईपुगेकाेले छिट्टाे उद्वारकाे लागि अनुराेध गरेका

विहान ५ बजे खुल्ने भनेकाे मुग्लिङ-नारायणगढ सडक ९ किलाेमा सडक भासिएकाे तथा पहिराेकाे कारण तत्कालकाे लागि नखुल्ने भएकाे छ ।

त्रिशूली नदीमा आएको बाढीले हेर्दा हेर्दै सुपर त्रिशुली हाइड्राे पावरकाे २ वटा टिपर, २ वटा स्काभेटर र १ वटा जेसिबी बगाएकाे छ ।