पत्रकार महासंघको निर्वाचन कार्यतालीका सार्वजनिक

मूलखबर संवाददाता
काठमाडौं

नेपाल पत्रकार महासंघको चुनाव असोज १२ गते हुँदैछ।

महासंघको जिल्ला, प्रदेश र संघमा एकै दिन निर्वाचन हुनेछ। त्यसका लागि असोज ४ गते उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका प्रकाशित भएको छ। मतदाता नामावली शनिबार साँझ नै प्रकाशित भइसकेको छ। शुद्धीकरण गर्ने अभियान चलाएको महासंघले पुरानै सूची सार्वजनिक गरेको छ।

उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ। असोज ४ गते अपराह्न ५ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ। प्रदेश समितिको मनोनयन दर्ता असोज ८ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ।

साथै संस्थागत समिति, जिल्ला शाख र प्रतिष्ठान शाखाको मनोनयन दर्ता असोज १० गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ। मतदान असोज १२ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ।

459612362_831792869116675_7754871859154313294_n-1726381361.jpg