सुनको मुल्यमा नयाँ रेकर्ड : ताेलाकाे मूल्य १ लाख ५३ हजार चारसय

मूलखबर संवाददाता
काठमाडौं, २६ भदौ

सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५३ हजार चार सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मङ्गलबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५२ हजार चार सय रुपियाँमा कारोबार भएको थियो ।

बुधबार एक हजार रुपियाँले बढेर तोलामा एक लाख ५३ हजार चार सय रुपियाँ  कायम भएको हो ।