मिस नेपाल वर्ल्ड २०२४ काे उपाधी आस्मालाई, अरूलाई के के ?

मूलखबर संवाददाता
काठमाडौं, १९ साउन

महिलाहरूकाे शारीरिक सुन्दरताकाे मापन गरिने दाैड प्रतियोगिता मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् ।

शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनी प्रतिस्पर्धीलाई पछि पार्दै विजयी घाेषणा भइन् ।

मिस नेपाल वर्ल्ड बनेकी आस्मा सोसल वर्कमा स्नातक अध्ययनरत छिन् । २६ वर्षिया उनको उचाइ ५ फिट ५ इन्च छ । उनी काठमाडौं निवासी हुन् । उनलाई  मिस नेपाल २०२३ सृच्छा प्रधानले ताज पहिराइदिएकी हुन् ।

साे प्रतियोगितामा मिस नेपाल अर्थको उपाधि सुमन केसीले जितिन् । मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले प्राप्त गरिन् ।

प्रतियोगितामा  सबटाइटल विधातर्फ धेरै भोट ल्याएर अन्जना पुनले पपुलर च्वाइस, ऊर्जा नेवाले मिस फिटनेस, सिम्रिका मानन्धरले हेल्दी स्किन, साइरा खड्काले मिस भिजिनरी, प्रेरभिता स्वारले मिस कन्फिडेन्ट, सुमना केसीले मिस हाइजिन र अम्बिका राणाले ग्रीन भिजिनरी उत्कृष्ट भएका छन्।

उपाधिका लागि सेमिफाइनलमा आस्मा केसी, सिम्रिका मानन्धर, प्रेरभिता स्वार, श्रद्धासुमन सिलवाल, करुणा रावत र सुमन केसीबीच कडा प्रतिस्पर्धा भएको थियो ।