कक्षा १२ काे नतिजा : सबैभन्दा राम्रो बागमती, कमजाेर सुदुरपश्चिम प्रदेश

मूलखबर संवाददाता
काठमाडौं, १९ साउन

कक्षा १२ काे नतिजा प्रकाशित हुँदा बागमती प्रदेशले सबैभन्दा राम्रो नतिजा हात पारेको छ भने सुदुरपश्चिम प्रदेशले कमजोर नतिजा ल्याएकाे छ ।

सुदूरपश्चिमपछि क्रमशः कर्णाली, कोशी, मधेश, लुम्बिनी, गण्डकीको नतिजा कमजोर देखिन्छ । प्रदेशमध्ये सबैभन्दा राम्रो नतिजा वाग्मतीमा देखिएकाे छ ।

सबैभन्दा राम्रो नतिजा देखिएको वाग्मती प्रदेशबाट ६७.८० प्रतिशत अर्थात् ७८ हजार १ सय १६ विद्यार्थी उत्तीर्ण भएका छन् । ३८ हजार १ सय १४ जना (३२.८१) प्रतिशत नन्ग्रेडिङमा परे । वाग्मतीबाट सबैभन्दा धेरै १ लाख १६ हजार २ सय ६२ परीक्षार्थी सहभागी थिए ।

लुम्बिनी प्रदेशका ६६ हजार ६ सय ४६ परीक्षार्थीमध्ये ५०.४ प्रतिशत अर्थात् ३४ हजार ६ सय ८६ जना नन्ग्रेडिङ र ४७.९५ प्रतिशत ग्रेडेड भएका हुन् ।

गण्डकीमा ५३.८० प्रतिशत अर्थात् १८ हजार ६ सय ७१ विद्यार्थी ग्रेडिङ र ४६.१९ प्रतिशत अर्थात् १६ हजार ३३ जना विद्यार्थी नन्ग्रेडिङ भए । त्यहाँबाट ३४ हजार ७ सय ४ जना परीक्षार्थी सामेल थिए ।

सुदूरपश्चिममा ३५ हजार ६ सय २८ विद्यार्थीले परीक्षा दिएकामा १४ हजार ४६ (३९.४२ प्रतिशत) ले ग्रेड प्राप्त गर्न सफल भए । ६०.५७ अर्थात् २१ हजार ५ सय ८२ जना नन्ग्रेडिङमा परे ।

कर्णालीका २५ हजार ९ सय २० परीक्षार्थीमध्ये ४०.७५ प्रतिशत अर्थात् १० हजार ५ सय ६३ मात्र ग्रेडिङ भए । १५ हजार ३ सय ५७ अर्थात् ५९.२४ प्रतिशत विद्यार्थी नन्ग्रेडिङ भएको बोर्डले जनाएको छ ।

मधेशमा ५३.७४ प्रतिशत विद्यार्थी नन्ग्रेडिङ र ४६.२५ प्रतिशत ग्रेडिङ भए । मधेशबाट ४५ हजार ५ सय ४१ जनाले परीक्षा दिएका थिए । जसमा २६ हजार ८६ जना नन्ग्रेडिङ भएका हुन् भने २२ हजार ४ सय ५५ जना स्नातकमा भर्ना हुन योग्य ठहरिएका हुन् ।