सिन्धुपाल्चोकमा बाढीको वितण्डा : सडक जमीन र विद्युत आयोजनामा क्षती

मूलखबर संवाददाता
काठमाडौं, ३१ असार ।

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती, भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो क्षती पुगेको छ । आइतबार रातीदेखि आएको वर्षाले मेलम्ची क्षेत्रमा रहेको लार्के खोला पहिरोले थुनिएर बाँध फुटेपछि मध्येरातमा १ : ३० बजे ठूलो बाढी आउँदा झोलुंगे पुल बगाएको थियो भने बाढीले इन्द्रावती र भोटेकोशीमा आएको वाढीले नदी तटीय क्षेत्रमा क्षती पुर्याएको छ । आइतबार मध्यराती वाढी आएकोले सचेत रहन भन्दै प्रतिनिधिसभा सदस्य उर्मिला माझिले सचेत रहन अनुरोध गरेर सामाजिक सञ्जालमा जानकारी र अनुरोध गरेकी थिइन् ।


बाढीबाट भएको क्षतीबारे सिन्धुपाल्चोकबाट निर्वाचित वागमती प्रदेश भौतिक पुर्वाधार मन्त्री युवराज दुलालले जानकारी गराएका छन् । उनले लेखेका छन् –

आज राती सिन्धुपाल्चोकको इन्न्द्रावती र भोटेकोशी नदीमा आएको भिषण बाढीले झोलुंगे पुल, सडक, खेतियोग्य जमिन, जलबिद्युत आयोजना लगायत नदी तटीय क्षेत्रमा रहेका अन्य संरचनामा ठूलो क्षति पुगेको छ ।


नदीमा पानीको बहाव बढेसंगै माथिल्लो क्षेत्रका बस्तिहरुबाट फोन, सामाजिक सन्जाल आदिबाट सूचना संप्रेषण भएको छ र नदीको संभावित जोखिम क्षेत्रका बासिन्दाहरु रातभर जागा बसी सुरक्षा सतर्कता अपनाउनु भएको छ ।

जटील भौगोलिक बनावट र अकल्पनीय बाढी पहिरोको जोखिमबाट सिन्धुबासी प्राय बर्सेनी दुस्ख पीडामा पर्दै आएका छौं । यसपटक पनि किसानको खुसी बाढीले लगेको छ । सडक यातायात, विद्युत प्रसारण अवरुद्ध भएको छ । यसबाट जनजीवन थप कस्टकर बनेको छ ।

बाढी प्रभावित सम्पूर्ण जनसमुदायमा अनुरोध गर्न चाहन्छौ कि तपाइहरुको पीडा हामी सबैको साझा पीडा र चुनौति हो । धैर्यता र सतर्कताका लागि आव्हान गर्दछौं । हामी सबै मिलेर विपत्तिले सृजना गरेका चुनौतिको समाधान गर्नु पर्दछ र गर्नेछौं ।

सिन्धुपाल्चोककाे लार्के खाेला थुनिएर बाँध फुट्दा मध्यरातमा ठूलाे बाढी, झाेलुंगे पुल बगायाे