राजनीतिक कारण देखाउँदै त्रिवि सभा स्थगित
नेपालकाे सबैभन्दा पुरानाे र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयकाे त्रिवि सभा स्थगित भएको छ ।
राजनीतिक परिस्थिति फेरिएको भन्सोदै मबार हुने भनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा स्थगित भएको सुचना जारी गरिएको छ ।
त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले राजनीतिक परिस्थितिका कारण सभा स्थगित गर्नुपरेको जानकारी दिएका छन् ।
यही असार ३१ गते सोमबार त्रिविसभाको बैठक डाकिएको थियो। उक्त सभाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत नपाइसकेको अवस्थामा स्वतः पदमुक्त भएपछि र नयाँ प्रधानमन्त्री नियुक्त भइनसकेको अवस्थामा सभा गर्न समस्या भएको बताइएको छ।
यसअघि त्रिविका कुलपति एवं प्रधानमन्त्रीले त्रिविसभा असार ३१ गते गर्ने निर्णय गरेका थिए।
त्रिवि सभाले विश्वविद्यालयकाे बजेट र नीति कार्यक्रम ल्याउने र पारित गर्ने गर्दछ ।
त्रिवि सभा स्थगित गरिनु उचित नहुने टिप्पणी आएका छन्। त्रिविका प्राध्यापकहरू र विज्ञहरूले राजनीतिक परिस्थितिकाे कारण देखाउँदै सभा स्थगित गर्नु उचित नभएको टिप्पणी गरेका छन् ।
प्राध्यापक भीम रेग्मीले सामाजिक सञ्जालमा लेखेका छन्-
संघमा जेठ १५ मा बजेट ल्याउनु पर्ने नियम छ । प्रदेशमा जेठको अन्तिम दिन र पालिकामा पनि आफ्नै तालिकामा बजेट ल्याउनु पर्ने नियम छ । असार ३१ गते त्रिवि दिवस परेको हुँदा त्यही दिन त्रिविमा सभा हुने र त्यही सभाले बजेट सहित कार्यक्रम ल्याउने कामलाई स्थगित हुनु कति ठीक र बेठिक भन्ने बारे समयले बताउला । तर यस्तो नभएको भए राम्रो हुन्थ्यो…