सिन्धुपाल्चोककाे लार्के खाेला थुनिएर बाँध फुट्दा मध्यरातमा ठूलाे बाढी, झाेलुंगे पुल बगायाे

मूलखबर संवाददाता
काठमाडौं, ३१ साउन

सिन्धुपाल्चोक जिल्लाकाे मेलम्ची क्षेत्रमा रहेकाे लार्के खाेला पहिराेले थुनिएर बाँध फुटेपछि मध्येरातमा १:३० बजे ठूलाे बाढी आउँदा झाेलुंगे पुल बगाएको खबर छ । क्षतिकाे विवरण आउन बाँकी छ ।

बाढीले इन्द्रावती र सुनकाेशी नदिकाे बहाव उच्च भएको र तल्लाे तटिय क्षेत्रमा क्षति पुर्याउन सक्ने देखिएको छ । यसबारे प्रतिनिधिसभा सदस्य उर्मिला माझिले सचेत रहन अनुराेध गरेर सामाजिक सञ्जालमा जानकारी र अनुराेध गरेकी छिन् ।

हेराै उनको स्टाटस

सुचना र अनुराेध !
सिन्धुपाल्चोक बाट निर्मल माझी भाइले दिनुभएको जानकारी अनुसार सिन्धुपाल्चोक जिल्लाकाे लार्के खाेलाकाे माथि पहिराेले थुनिएर बाँध फुटेर राती १ : ५० बजेतिर ठुलो बाढि आएकाे र झाेलुङ्गे पुल बगाएकाे खबर छ त्यसले इन्द्रावती नदी, भोटेकोशी र सुनकोसी नदिको बहाव अत्याधिक बढेको छ । त्यसैले तल नदी किनार आसपास रहनुभएका माझी समुदाय लगायत सबैलाई सचेत रहन र अन्यलाई सुचना दिनु हुन अनुरोध गर्दछु ।