ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी, एमाले कांग्रेसले गरे मन्त्रालय भागबण्डा
एमाले अध्यक्ष के पी शर्मा ओलीलाई प्रधानमन्त्री नियुत्तः गर्ने तयारी राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन् । राष्ट्रपति कार्यलयका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् ।
ओलीले शुक्रबार राति सवा ९ बजे राष्ट्रपतिसमक्ष संविधानको धारा ७६९२० बमोजिम प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । चौथो पटक प्रधानमन्त्री बन्दै गरेका ओलीले सोमबार शपथ लिनेछन् । सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीका साथ कांग्रेस र एमाले मन्त्रालय भागबन्डा र मन्त्रीहरूको छनोटमा जोडतोडले लागेका छन् ।
कुल २१ मन्त्रालयमध्ये सरकारको नेतृत्व गर्ने एमालेले अर्थसहित ८ मन्त्रालय र कांग्रेसले गृहसहित ९ मन्त्रालय लिने मोटामोटी समझदारी बनेको बताइएको छ। मन्त्रालय र मन्त्रीको नाम सपथ ग्रहण गर्ने बेलासम्म फेरिन सक्ने उनीहरुले बताएका छन् ।
बाँकी चार मन्त्रालय मधेशकेन्द्रित दललाई छुट्याइएको छ । जनमतलाई संघीय सरकारमा समेत सामेल गराइने भएमा उसलाई एमालेको भागको एक मन्त्रालय दिने समझदारी बनेको बताइएको छ ।