एमाले अध्यक्ष ओलीकाे इच्छा संसद विघटन गर्ने हाे : संविधानविद् आचार्य
संविधानविद भिमार्जुन आचार्यले एमाले अध्यक्ष केपी ओलीकाे इच्छा प्रतिनिधिसभा विघटन नै भएको बताएका छन् । नेपाली कांग्रेससँग मिलेर नयाँ सरकारकाे नेतृत्व गर्ने दाैडमा लागिरहेका केपी ओलीले यस अघि गरेको प्रतिनिधि सभा विघटनलाई सहि प्रमाणित गर्नकाे लागि फेरि प्रधानमन्त्री बन्न चाहेको उनको तर्क छ ।
बिहीबार साँझ कान्तिपुर टेलिभिजनकाे संविधान बहस कार्यक्रममा बाेल्दै संविधानविद् आचार्यले केपी ओलीले संविधानकाे ७६ (२)बाट प्रधानमन्त्री बन्ने अवस्था आएमा विश्वासको मत लिएपछि गठबन्धनमा समस्या आउने आशंका व्यक्त गरेका छन् ।
उनलेे सरकार निर्माणबारे संविधानकाे धाराहरू क्रमशः प्रयाेग हुने कुरा स्वभाविक संवैधानिक प्रक्रिया भएको बताउँदै राष्ट्रपतिले विवेक प्रयाेग गर्न सक्ने धारणा राखे । तर उनलेे भाेली चाहिँ धारा दाेहाेर्याउने सम्भावना रहेको बताए ।
उनलेे दलका मुख्य नेताहरू फेल भएकोले नयाँ अपेक्षा गर्न नसक्ने बताए ।