साहसिक र निडर नारी सावित्री अधिकारी, जाे खट्छिन् रातदिन पीडितकाे सेवामा

मूलखबर संवाददाता
काठमाडौं, १४ बैसाख

मानिसहरू विभिन्न काम गरेर चर्चामा आइरहेका हुन्छन् । काेही राम्रो काम गरेर चर्चामा आउछन् त काेही नराम्रो काम गरेर पनि चर्चामा आउँछन् । यहाँ अरू भन्दा विल्कुलै फरक काम र हिम्मतिलाे सामाजिक सेवा गरेर चर्चामा रहेकी एक व्यक्तिकाे नाम हाे सावित्री अधिकारी ।

अधिकारीले गरेको काम सुन्दा तपाईं छक्क पर्नुहुन्छ । उनलेे अन्य सामान्य मानिसहरूले गर्न हिम्मत नगर्ने काम गरिरहेकी छिन् । उनलेे विदेशमा विभिन्न कारणले निधन भएका नेपाली युवाहरूकाे शव नेपाल ल्याउन र आफन्तलाई जिम्मा दिने काम निशुल्करूपमा गरिरहेकी छिन् ।

चितवनकी अधिकारी विदेशमा दुःख पाएका नेपाली युवाहरूकाे सहयाेगमा रातदिन नभनी खटिरहेकी छिन् । उनको फाेनमा प्राय विदेशमा रहेका नेपाली युवाहरूको विषय नै बढि आउने गर्दछ । कसैले दुः ख पाएकाे, कसैकाे मृत्यु भएर शव ल्याउन नसकेको, काेही उपचार नपाएर बिचल्ली परेकाे आदि विषय उनको फाेनमा आईरहने खबर हुन् । उनी ती खबरहरूलाई झर्काे नमानी सुन्छिन र तत्काल कार्यन्वयनकाे लागि सम्वन्धित देशका राजदुत, जनप्रगतिशील मञ्च आादिकाे ढाेका ढकढक्याउँछिन र पीडित परिवारलाई शान्त्वना र आश्वासन दिन्छिन् ।

उनले विदेशबाट आफ्नो पहलमा त्रिभुवन विमानस्थलमा आएका शवलाई विना कुनै हिच्किचाहट छुन्छिन, शव ओेसार पसार गर्न सहयाेग गर्छिन्, आफन्तलाई जिम्मा लगाउँछिन् र शव लैजाने पैसा नभएका परिवारलाई घर सम्म शव लैजाने व्यवस्था समेत गरेकी छिन् । कतिपय शव त उनले पशुपति आर्यघाटमा लगेर समेत जलाउने काम उनैले गरेकी छिन् ।

जब कुनै पनि ठाउँ र देशबाट उनलाई फाेन वा एसएमएस आउँछ रात होस् कि दिन होस् कि घाम होस कि पानी कुनै पनि कुराको मतलब नगरी आफ्नो सेवामा लाग्ने उनी राती पनि कहिल्यै फाेन अफ गर्दिनन् । उनी भन्छिन्- मबाट अपेक्षा गरेर कसैले सहयाेग माग्छ र मैले सानाे सहयाेग गर्दा उसलाई न्याय हुन्छ भने मैले गर्नुपर्छ भन्ने लाग्दछ ।

अधिकारी प्रधानमन्त्री प्रचण्डको सचिवालयमा कार्यरत पनि छिन् । उनकाे दुई छोरी अस्ट्रेलियामा छ्न् एक छोरा नेपालमै उच्च शिक्षा अध्ययन गरेका छन् । प्रचण्ड परिवारसँग नाता जाेडिएकी उनलाई प्रकाश दाहालकी माइजू भएकोले सबैले माइजू नै भनेर चिन्छन् ।

उनलेे प्रचण्ड परिवारकाे नाताकाे रूपमा भन्दा पनि हिम्मतिलाे समाजसेवी काम गरेकाे भनेर उनले थुप्रै सम्मान अवार्ड पनि पाएकी छिन् ।  सरल इमान्दार जिवनशैली भएकी उनले पुर्व झापादेखी पश्चिम कञ्चनपुर सम्मका पीडित परिवारका काम गरिदिएकी छिन् । उनी जुनसुकै जाति, लिंग र समुदायको भएपनि आफुले सक्दाे सहयाेग गर्ने गरेकाे बताउँछिन् ।

अरूकाे सेवा गर्न पाउँदा आत्मसन्तुष्टि हुने बताउने उनी पछिल्लो चरणका समयमा देशमा लकडाउन कोरोनाकालमा र बाढी पहिरो वा आगलागि सबै अवस्थामा खबर र सुचना पाउने बित्तिकै जुरुक्क उठेर सेवा गरि हिड्ने गर्दछिन् ।

पछिल्लो समयमा इजरायलमा भएका घटनालाई सबै भन्दा बढी नजिकै भएर हेर्ने र त्यहाँका प्रत्येक पीडित घाइते अपांग र शवलाई नेपाल ल्याएर घरसम्म पुर्याउने काम पनि उनकाे पहलमा भएको थियाे ।