माैसमसम्वन्धी पुर्व सुचनाले बचायाे धेरै नागरिकको ज्यान
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशव्यापी वर्षाको अनुमान गर्दै मौसमी पूर्वसूचना प्रवाह ग-यो । गत बिहीबार प्रवाह गरेको त्यस्तै सूचनाका आधारमा गृह मन्त्रालय र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण प्राधिकरणले सम्भावित स्थानको जिउधनको रक्षाको योजना बनायो ।
त्यति मात्र नभई त्यही पूर्वसूचनाकै आधारमा बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानका ठुलासाना नदीको डिजिटल अनुगमन गर्दै पूर्वदेखि पश्चिमसम्मका नदीको बहावबारे अर्को पूर्वसूचना प्रवाह ग-यो । त्यस अनुरूप बाढीको जोखिमबाट मानिसको ज्यान बचाउन शुव्रmबार र शनिबार ३४ लाख मोबाइल सन्देश प्रवाह गरियो ।
बाढी पूर्वानुमान महाशाखाका मौसमविद् सुनील पोखरेलका अनुसार आइतबार र सोमबारसम्म थप १५ लाख मोबाइल सन्देश प्रवाह गरिएको छ । बाढीले बगाउन सक्ने नदी तटीय क्षेत्रका बासिन्दाको ज्यान बचाउन पूर्वसूचना निकै प्रभावकारी रहेको विश्लेषण उहाँले गर्नुभयो । मोबाइलमा सन्देश आएपछि स्थानीयले जवाफसमेत फर्काउने गरेका छन् । अब हामी कहाँ जाने ? म्यासेज मात्र हैन खानेकुरा पनि पठाइदिनू, जिल्ला प्रशासनमा पनि यो सन्देश दिनुप¥यो, उद्धार गर्ने मान्छे कता छन् ? बाढी कुन ठाउँमा आउने हो ? जस्ता प्रश्नसहितका जवाफ आउने गरेको पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार यस पटकको सन्देशले मधेश क्षेत्रका तटीय बस्तीका बासिन्दालाई डुबानबाट जोगाउन सकिएको छ । त्यस्तै सुदूरपश्चिममा बढेको महाकाली, राप्ती, बबई, कर्णाली जस्ता ठुला नदीको बहाव उच्च हुने पूर्वसूचना र त्यसपछिको पठाइएको सन्देशले त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो । आइतबार रातिदेखि सोमबारसम्म तराई क्षेत्रका झन्डै एक हजार पाँच सय मानिसलाई सुरक्षित स्थानमा सार्न पहल हुनु पूर्वसूचनाकै परिणाम रहेको पोखरेलले औँल्याउनुभयो ।
पूर्वसूचनाकै आधारमा समुदायको बलियो सम्पर्क सञ्जालमार्फत विपत्बारेमा थाहा पाएका छन् । उनीहरूले आफू मात्र होइन, अरूलाई बचाउन पनि पहल गरेको पाइएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आफ्ना पूर्वसूचनालाई तीनदेखि एक सातासम्ममा वर्गीकरण गरेर आम समुदाय र सरोकारवाला निकायसम्म पु¥याउँदै आएको छ । मौसमविद् शान्ति कँडेल भन्नुहुन्छ, “पूर्वसूचनाकै आधारमा काम गर्नसमेत सचेत गराउने गरिने मात्र नभई मानिसका हात हातमा पुगोस् भनेर सामाजिक सञ्जालमार्फत पनि पूर्वसूचनाको जानकारी दिइएको छ ।”
मनसुनको न्यूनचापीय रेखा नेपालनजिक रहेकाले ठुलो वर्षाको पूर्वानुमान गरिएपछि सरकार, प्राधिकरण, नेपाली सेना, प्रहरीलगायत राहत तथा उद्धार गर्नुपर्ने निकायले थप राय सुझाव लिने गरेको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो ।