प्रचण्ड सरकार ढल्छ, तर विश्वासको मत दिन्छौँ: एकीकृत समाजवादी

मूलखबर संवाददाता
काठमाडौं

नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई विश्वास मत दिने भएको छ ।

असार २८ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मतको प्रस्ताव पेस गर्ने तयारी गरेका छन् ।

‘सुन्दैछौं सरकारले असार २८ गते सरकारले विश्वास मत लिन्छ । स्वाभाविक गतिलाई हेर्दा सरकारले विश्वास मत प्राप्त गर्दैन । सरकार ढल्छ,’ आइतबारको केन्द्रीय कमिटी बैठकपछि नेता जगन्नाथ खतिवडाले भन्नुभयो, ‘ तर हामी सरकारलाई विश्वास मत दिन्छौं ।’