बेशिशहर खानेपानी समितिमा त्रिपक्षीय भिडन्त हुने

मूलखबर संवाददाता
लमजुङ, ४ असार

लमजुङ जिल्लाकाे सदरमुकाममा रहेकाे बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

यही असार ७ र ८ गते तय भएको बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ११ औं साधारण सभा एवं पाँचौ अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि तीन दलले आफ्नो उमेदवारको नाम सार्वजनिक गरेको हो ।

निर्वाचनको लागि नेपाली काग्रेस निकट लोकतान्त्रिक समूहमा लोकेन्द्र गुरुङकाे अध्यक्षतामा आशकुमारी गुरुङ उपाध्यक्ष, चन्द्रकान्त पौडेल सचिव र भगवान् पियालाई कोषाध्यक्ष रहेको प्यानल खडा गरेको छ ।  त्यस्तै प्यानलमा महिला सदस्यहरुमा अतिरुपा सेढाई र अपना खनाल, दलित सदस्यमा गणेश कामी, खुल्ला सदस्यहरुमा टिकाराम वाग्ले, लोठ बहादुर गुरुङ, नरहरी पौडेल र अजित बहादुर अधिकारीले उमेदवारी सार्वजनिक गर्नुभएको छ ।

त्यस्तै नेकपा एमाले निकट प्रगतिशिल समूहले रामबहादुर गुरुङकाे अध्यक्षतामा उपाध्यक्षमा श्रद्धा पौडेल, सचिवमा शम्भुलाल श्रेष्ठ, कोषाध्यक्षमा नन्दलाल श्रेष्ठ भएको प्यानल अगाडि सारेकाे छ । जसले सदस्यहरुमा शान्ति बहादुर बस्नेत, भिमसेन अधिकारी, राजन अधिकारी, महिला सदस्यहरु युग्मी गुरुङ र सविना रिमाल र दलित सदस्यमा गोपाल परियारलाई उमेदवार बनाएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले बेसीशहर वडा नंं ७ वडा समितिका सचिव विष्ष्णु घिमिरेलाई अध्यक्षको प्रत्यासी बनाएको छ । स्वतन्त्र समूहबाट उपाध्यक्षमा सविता अधिकारी बराल, सचिवमा श्याम अर्याल, कोषाध्यक्षमा मीना खड्का र सदस्यहरुमा दिपु श्रेष्ठ, भक्तबहादुर अधिकारी, विष्णु सुयँल, अहलदिन मिया, महिला सदस्यहरुमा भीममाया तामाङ गुरुङ, रत्नकुमारी गुरुङ, दलित सदस्यमा केशब दुलाल उमेदवार बनेका छन् ।