कुनै पनि पाठ चयन गर्नुहोस् र सुन्न आइकनमा क्लिक गर्नुहोस्!

त्रिभुवन विमानस्थलमा आपत्कालीन नमुना अभ्यास

मूलखबर संवाददाता
काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनामा उद्धार कार्य चुस्त र दुरुस्त बनाउने उद्देश्यले नमुना अभ्यास गराइएको छ । सोमबार दिउँसो विमानस्थल र नागरिक उड्डयन प्राधिकरणले हवाई दुर्घटना र आपत्कालीन अवस्थाको प्रतिकार्यका लागि नमुना अभ्यास गरेको हो ।

अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत दमकल, एम्बुलेन्स र चिकित्सा टिमको सहभागिता थियो । अभ्यासका क्रममा कुनै काल्पनिक स्थानबाट उडेको विमानमा इन्जिन खराब भई दुर्घटनाग्रस्त भएको क्षणको उद्धार कार्यलाई देखाइएको थियो ।

छान्नुहोस् र सुन्नुहोस्