यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
विराटनगरमा सरकारी गाडी माथी आगजनी. मूलखबर संवाददाता काठमाडौं शुल्कवृद्धिको विरोधमा आन्दोलनमा रहेका विद्यार्थीले विराटनगरमा एउटा सरकारी गाडीमा आइतबार आगजनी गरेका छन् । विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसनजिक कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका हुन् ।. मोरङको रङ्गेलीमा गत शुक्रबार संस्थागत विद्यालयले गरेको शुल्कवृद्धिको विरोधमा आन्दोलन गर्दा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो ।. विद्यार्थीलाई रिहाइ गर्न माग गर्दै विराटनगरको रोडशेष चोकमा चक्काजाम गर्न हिंडेका विद्यार्थीले गाडीमा आगजनी गरेको प्रहरीको भनाइ छ । आगजनीबाट प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको स्कार्पियो गाडीमा क्षति पुगेको छ ।.
विराटनगरमा सरकारी गाडी माथी आगजनी
मूलखबर संवाददाता
काठमाडौं
शुल्कवृद्धिको विरोधमा आन्दोलनमा रहेका विद्यार्थीले विराटनगरमा एउटा सरकारी गाडीमा आइतबार आगजनी गरेका छन् । विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसनजिक कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका हुन् ।
मोरङको रङ्गेलीमा गत शुक्रबार संस्थागत विद्यालयले गरेको शुल्कवृद्धिको विरोधमा आन्दोलन गर्दा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो ।
विद्यार्थीलाई रिहाइ गर्न माग गर्दै विराटनगरको रोडशेष चोकमा चक्काजाम गर्न हिंडेका विद्यार्थीले गाडीमा आगजनी गरेको प्रहरीको भनाइ छ । आगजनीबाट प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको स्कार्पियो गाडीमा क्षति पुगेको छ ।