मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड दिल्ली जाने
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ”प्रचण्ड” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा दिल्ली जानुहुने छ । भारतीय जनता पार्टी(भाजपा) नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन(एनडीए) ले बहुमत प्राप्त गरेपछि नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्ने तयारीमा रहेका छन् ।
गत शुक्रबार एनडीए गठबन्धनले सरकारमा दाबी पेस गर्ने जनाइएको छ भने मोदीले शनिबार शपथ ग्रहण गर्ने तयारीसमेत छन् । प्रधानमन्त्री प्रचण्डलाई शपथ ग्रहणमा उपस्थितिको लागि निमन्त्रणा आएको प्रधानमन्त्री कार्यालयको सचिवालयले जनाएको छ ।
भारतको वाहालवाला प्रधानमन्त्रीका रूपमा रहेका नरेन्द्र मोदीले प्रधानमन्त्रीप्रचण्ड सहित दक्षिण एसियाका विभिन्न देशका सरकार प्रमुखहरुलाई निम्तो पठाएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दिल्लीमा हुने शपथ ग्रहणका लागि श्रीलंकाली राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र भुटानका प्रधामन्त्री छिरिङ तोब्गेलाई निमन्त्रणा पठायको छ ।
मोदीको पाटी भाजपालाई चन्द्रबाबु नायडुको तेलुगु देसम पार्टी(टीडीपी) र नीतीश कुमारको जनता दल युनाइटेड(जेडीयू) लगायतका गठबन्धनका दलहरूको साथको आबस्यक्ता रहेको छ । तेस्रो पटक प्रधानमन्त्री बन्न लागे पनि मोदीको पाटी भाजपा एक्लैले बहुमत ल्याएको छैन । बुधबार एनडीए गठबन्धनको दिल्लीमा सम्पन्न बैठकले सरकार बनाउने निर्णय भइसकेको जनाएको छ ।