भोजपुरको श्यामसिलामा मल उत्पादनकाे अनुदान बजेट घोटला

मूलखबर संवाददाता
काठमाडौं

जेठ १७, भोजपुर 

पौवादुङ्माको श्यामशिलामा मल उत्पादन गर्न विनियोजन भएको योजनाको बजेट घोटला भएको छ । आ.व.२०८०/८१ मा पालिका स्तरीय महिला विकास वोर्डले महिला लक्षित मल उत्पादन कार्यक्रमका लागि अनुदानमा विनियोजन भएको रु.तीन लाख बजेट योजना संयोजक पोशि शेपा र अध्यक्ष राजेन्द्र तामाङले घोटला गरेको खुलेको हो ।

उक्त बजेट वोर्डले ५०/५० प्रतिशत अनुदानमा महिलालाई लक्षित गरी विनियोजन गरेको वोर्डका र्कायपालिका सदस्य समेत रहेका संयोजक शेर्पा र अध्यक्ष तामाङबाट घोटला भएको स्थानियहरुले बताएका छन् । स्थानीयका अनुसार गत वर्ष पनि महिला लक्षित कार्यक्रममा विनियोजन भएको एक लाख बजेट सम्बन्धित महिला समूहलाई जानकारी नदिई मनोमानी ढंगमा बजेट निकासा गरेर बाँडफाँड गरेको पछिल्लो समय खुलेको थियो ।

उक्त कार्यक्रम वडामा शेर्पाकै संयोजकत्वमा १० समुह बनाई कार्यसम्पादन समेत भइसकेकाले बजेट निकासा गर्न मात्रै बाँकी रहेको स्थानियहरुले जानकारी दिएका छन् । बजेट निकासा गर्ने क्रममा शेर्पा र तामाङले आफुखुशी निकासा गरी समुहलाई विना जानकारी अपारदर्शी ढंगबाट बजेट आफ्नो नजिकका मान्छेहरुसँग बाँडफाँड गरेको खुलेकाले बजेट घोटला भएको स्थानियहरुको दावी छ ।

प्रेस विज्ञप्ती