सशस्त्र प्रहरी बल धनुषाकाे टाेलीले अबैध काजु किसमिससहित ट्रक बरामद

मूलखबर संवाददाता
धनुषा, १५ जेठ २०८१

सशस्त्र प्रहरी बल धनुषाकाे टाेलीले अबैध तबरले ल्याइएको  ठूलाे मात्रामा काजु किसमिससहितकाे  ट्रक बरामद गरेको छ ।

 सशस्त्र प्रहरी बल धनुषा, नेपाल नं ८ गण हेक्वा धनुषाको टोलीले  मिति २०८१/०२/१४ गते बेलुका ६:४० बजे धनुषा जनकपुर उपमहानगरपालिका १ स्थित सिता चौक एरियाबाट साे परिमाणकाे सामग्रीसहितकाे ट्रक पक्राउ गरेको हाे ।

प्रहरीका अनुसार विशेष सुचना पाए लगतै सशस्त्र प्रहरी बल नेपाल नं ८ गण हेक्वा धनुषा मातहतकाे सुरक्षा वेश जनकपुरबाट सहायक प्रहरी निरक्षक उमेश कुमार कार्कीको कमाण्डमा खटिगएको ७ जनाको मोवाईल गस्ती टोलि र जनकपुर भन्सार कार्यलयबाट अधिकृत रविन लाल दासको कमाण्डमा गएको ५ जनाको संयुक्त टोलीले साे कार्वाही सम्पन्न गरेको हाे ।

प्रहरीले मधेश प्रदेश ०४-००१ख ०१७१ नम्बरको ट्रकमा राखेर भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको अन्दाजी  रु.२३,२६,०००।-(तेईस लाख छब्बीस हजार) बराबरको काजु २१०० के.जि, किस्मीस ५४०के.जि. र ट्रक अन्दाजी रु ३२,२४,०००(बत्तिस लाख चौबिस हजार) गरी जम्मा रु.-५५,५,००,००(पचपन्न लाख पचास हजार)बराबरको काजु किस्मिस र ट्रक नियन्त्रणमा लिई जनकपुर भन्सार कार्यलय धनुषामा भन्सार दाखिला गरिएको जनाएको छ।