प्रधानमन्त्रीले आज विश्वासको मत लिने, अनिवार्य उपस्थित हुन सांसदलाई ह्वीप
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा आज विश्वासको मत लिँदै हुनुहुन्छ । उपेन्द्र यादव नेतृत्वको जसपा फुटेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएका कारण प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुहुने भएको हो । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको रुपमा तेश्रो कार्यकालमा संसदमा चौथोपटक विश्वासको मत लिन लाग्नुभएको हो ।
प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवी लामिछान जोडिएको भन्दै संसदिय छानविन समिति बनाउन माग गर्दै निरन्तर संसद बैठक अवरोध गर्दै आएकोमा हिजो विषय केन्द्रीत छानविन समिति बनाउने र संसदमा गृहमन्त्रीलाई बोल्न दिने सहमति भएपछि संसद सुचारु भएको थियो ।
कांग्रेसले विश्वासको मत लिने कार्यक्रम रहेको संसद बैठक सुचारु गर्न दिने की नदिने भन्ने बारे पार्टीको निर्णय गरेर सार्वजनीक गर्ने कुरा गरेको छ । कांग्रेससहित विपक्षी दलले संसद् अवरोध गर्न सक्ने सम्भावना भएपनि त्यसो नहुने र विश्वासको मत लिने कार्यतालिका निरन्तर रहने संसद सचिवालयले जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले ढुक्सँग विश्वासको मत प्राप्त गर्ने अवस्था रहेको माओवादी सांसद माधव सापकोटाले जनाएका छन् । माओवादी केन्द्रले आफ्ना सांसदहरुलार्य संसद बैठकमा अनिवार्य उृपस्थितिको लागि ह्वीप जारी गरेको छ । संसदीय दलका प्रमूख सचेतक हितराज पाण्डले सांसदहरु सबैलाई विश्वासको मत लिने दिन अनिवार्य तोकिएको समयमा उपस्थित हुन ह्वीप जारी गरेका हुन् ।