प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते संसदमा विश्वासको मत लिने

मूलखबर संवाददाता
काठमाडौं, ४ जेठ २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासकाे मत लिने हुनुभएको छ । सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जसपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हाे ।

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने कार्यक्रम तय भएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ ।

उपेन्द्र नेतृत्वको दल फुटेर दुइटा दल बनेकाे छ भने अशाेक राई नेतृत्वको पार्टीको तर्फबाट ३ जना मन्त्री सहित सरकारमा सहभागी भएको छ ।