जसपाले तीन मन्त्रीलाई आजै सरकारमा पठाउने
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको संघीय सरकारमा तीन जना मन्त्री पठाउने भएको छ।
प्रतिनिधि सभा सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या, स्वास्थ्य राज्यमन्त्रीमा हसिना खान र रञ्जु झा ठाकुरलाई बिनाविभागीय मन्त्री बनाउने निर्णय भएको महासचिव मोहम्मद इस्तियाक राईले बताएका छन्।
जनता समाजवादी पार्टीमा लागेका नवलकिशोर साह सुडी यसअघि नै संघीय सरकारमा वन तथा वातावरण मन्त्री छन्।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र वन राज्यमन्त्री दीपक कार्कीले सोमबार पदबाट राजीनामा दिएका थिए।
रिक्त स्थानमा नवगठित नवगठित जसपाबाट मन्त्री बनाउन लागिएको हो। महासचिव राईका अनुसार पार्टीले पठाएका मन्त्रीहरूको शपथ सोमबार नै हुनेछ।
‘मन्त्रीहरूको शपथ सोमबार अपराह्न ५ बजे हुने भनिएको छ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईसहित ७ जना प्रतिनिधि सभा सांसद छुट्टिएर जनता समाजवादी पार्टी बनाएका थिए।