यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
लगानी सम्मेलन: रारामा ७० करोड लगानीमा लक्जरी रिसोर्ट बन्ने. धर्तिकी अप्सरा भनेर चिनिने नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य रारा क्षेत्रमा अस्ट्रेलियन लगानी भित्रिने भएको छ । अस्ट्रेलियन लगानीकर्तासँग एमओयू गरेर ७० करोड लगानीमा लक्जरी रिसोर्टमा होटल खुल्ने भएको छ । रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो । काठमाडौँमा आइतबारदेखि सुरु भएको तेस्रो नेपाल लगानी सम्मेलनमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको बताइएको छ ।. सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङस्का अभिषेकविक्रम शाहले हस्ताक्षर गरे गर्नेछन् । मुगुको छायानाथ रारा नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी हुनेछ ।. रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीय स्तरमा उपलब्ध श्रोत तथा साधनको अधिकतम प्रयोग हुने रारा होल्डिङस् प्रालिका शाहले बताए । समुद्र सतहदेखि ३,७०० मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको उत्कृष्ट दृश्य देखिनुका आसपासका क्षेत्रहरूको दृश्यावलोकन समेत गर्न सकिनेछ ।.
लगानी सम्मेलन: रारामा ७० करोड लगानीमा लक्जरी रिसोर्ट बन्ने
मूलखबर संवाददाता
काठमाडौं
धर्तिकी अप्सरा भनेर चिनिने नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य रारा क्षेत्रमा अस्ट्रेलियन लगानी भित्रिने भएको छ । अस्ट्रेलियन लगानीकर्तासँग एमओयू गरेर ७० करोड लगानीमा लक्जरी रिसोर्टमा होटल खुल्ने भएको छ । रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो । काठमाडौँमा आइतबारदेखि सुरु भएको तेस्रो नेपाल लगानी सम्मेलनमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको बताइएको छ ।
सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङस्का अभिषेकविक्रम शाहले हस्ताक्षर गरे गर्नेछन् । मुगुको छायानाथ रारा नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी हुनेछ ।
रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीय स्तरमा उपलब्ध श्रोत तथा साधनको अधिकतम प्रयोग हुने रारा होल्डिङस् प्रालिका शाहले बताए । समुद्र सतहदेखि ३,७०० मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको उत्कृष्ट दृश्य देखिनुका आसपासका क्षेत्रहरूको दृश्यावलोकन समेत गर्न सकिनेछ ।