चाणक्य नीतिः जीवनमा लापरवाही गर्नै नहुने तीन महत्त्वपूर्ण कुरा
आचार्य चाणक्यलाई उत्कृष्ट विद्वान मानिन्छ । यनलाई धर्म, राजनीति, समाजशास्त्र, राजनीतिशास्त्र आदि सबै विषयमा गहिरो ज्ञान रहेको मानिन्छ ।
चाणक्यले धेरै शास्त्र पनि रचेका थिए जुन अझै पनि मानिसका लागि उपयोगी छन् । उनले आफ्नो नीतिमा धेरै कुरा लेखेका छन् । उनले हरेक नीतिले मानिसलाई जीवनमा लक्ष्य हासिल गर्न प्रेरित गर्ने बताउँछन् ।
यी कुरामा ध्यान दिने हो भने मानिसलाई धेरै प्रकारका समस्याबाट बचाउन सकिने उनको तर्क छ ।
चाणक्यले मित्र र शत्रुको परीक्षा गर्ने धेरै नीतिबारे पनि बताएका छन् । चाणक्यका अनुसार जीवनमा तीन कुरासँग लापरवाही गर्नु हुँदैन ।
जानौं चाणक्यका अनुसार कुन तीन चिजसँग लापरवाही गर्नु हुँदैन :
प्रशासन
आचार्य चाणक्यका अनुसार कुनै पनि व्यक्तिले प्रशासनसँग प्रत्यक्ष लड्नु हुँदैन । यसले तपाईंको जीवनलाई पनि खतरामा पार्न सक्छ ।
आफ्नो बलियो स्थिति नभएसम्म वरिष्ठ अधिकारीसँग दुश्मनी नगर्नुहोस् । उनीहरुसँगको शत्रुताले तपाईलाई हानी पुर्याउन सक्छ ।
आफ्नो स्वास्थ्य
आचार्य चाणक्य भन्छन्, मानिसको स्वास्थ्य नै उसको सबैभन्दा ठूलो धन हो । स्वास्थ्यसँग खेलवाड गर्नाले मृत्युको मुखमा धकेल्छ । यदी कुनै व्यक्तिले पैसामा लागेर आफूललाई ध्यान दिँदैन भने उसलाई न धन मिल्छ न त स्वास्थ्य नै ।
बलियो मान्छे
आचार्य चाणक्य भन्छन् कि बलियो व्यक्तिले आफूलाई सावित गर्न कसैलाई पनि हानी गर्न सक्छ । त्यसैले त्यस्तो व्यक्तिसँग कहिल्यै शत्रुता लिनु हुँदैन । चाहे उ शरीरमा बलियो होस् वा अन्य कुरामा ।
यद्यपी अन्यायकाविरुद्ध लड्न भने आवस्यक रहेको चाणक्य बताउँछन् । तर त्यसका लागि पहिले आफ्नो अवस्था मजवुत बनाउनु जरुरी छ ।