राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा सपथ ग्रहण

मूलखबर संवाददाता
काठमाडौं

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नवनिर्वाचित अध्यक्ष दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सपथ लिनुभएको हो ।

मङ्गलबार राष्ट्रपति पौडेलले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१७ (क) को अनुसूची २ बमोजिम शपथ दिलाउनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रिय सभा बैठकमा मंगलबार दिउँसो भएको निर्वाचनमा दाहाल निर्वाचित भएका थिए।
सपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति, सभामुख देवराज घिमिरेलगायतको उपस्थिति रहेको थियो ।