आजको मौसमः काठमाडौंमा हल्का वर्षाको सम्भावना

मूलखबर संवाददाता
काठमाडौं

देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो । आज देशका धेरै स्थामा बदली र पहाडी भू–भागमा वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागको थोरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

वाग्मती प्रदेशमा पनि वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछाने बताउँछन् । “वाग्मती प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना छ,” मौसमविद् लामिछाने भन्छन्, “काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ ।” उनका अनुसार काठमाडौंमा दिउँसो छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

रविभागले राति कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।