त्रिवि उपकुलपतिकाे अन्तरवार्तापछि ३ जनाकाे नाम सिफारिस

मूलखबर संवाददाता
काठमाडौं, ७ फागुन

अन्ततः त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिमा तीन जनाकाे अन्तिम बीच प्रतिस्पर्धा हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम कुलपति तथा प्रधानमन्त्रीसमक्ष सिफारिस भएसँगै ४३ जनामध्ये ३ जनाबीच अन्तिम प्रतिस्पर्धा हुने भएको हाे । आईतबार १४ जनाकाे अन्तरवार्ता भएको थियाे ।

 त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आइतबार प्राध्यापक चित्रबहादुर बुढाथोकी, प्राध्यापक केशरजंग बराल र प्राध्यापक टंकनाथ धमलाको नाम सिफारिस गरेको हो । नाम अंग्रेजी अल्फाबेटकाे आधारमा सिफारिस गरिएको छनाैट समितिले जनाएको छ ।

समितिले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा (२) बमोजिम रिक्त रहेको विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिको लागि विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्राध्यापकत्रय बराल, धमला र बुढाथोकीको नाम सिफारिस गरेको हो ।

अब तिनजनामध्ये एक जनालाई मन्त्रीपरिषद्ले उपकुलपति नियुक्त गर्नेछ ।