आजको मौसम- काठमाडौंमा हुने छ सामान्य वर्षा

मूलखबर संवाददाता
काठमाडौं

देशका केही भू–भागमा आज वर्षा हुने भएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहको छ । काठमाडौंमा आज बिहान ५ : ४५ बजेको तापक्रम ७.२ डिग्री सेल्सियस रहेको छ ।

विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको छ ।

काठमाडौं उपत्यकामा भने आज बदलीको हुनेछ । “काठमाडौं उपत्यकामा आज साधारण बदलीको हुनेछ । वाग्मतीसहित अन्य ६ वटा प्रदेशका केही ठाउँमा वर्षा भए पनि काठमाडौंमा भने वर्षाको सम्भावना न्यून छ,” मौसमविद् गंगा नगरकोटीले भनिन्, “काठमाडौंमा वर्षा भए पनि छिटपुट मात्रै हुनेछ । अपराह्नपछि छिटपुट वर्षा हुने सम्भावना रहेको तर त्यो सम्भावना पनि निकै न्यून छ ।”

विभागले राति कोसी र मधेस प्रदेशलगायत वाग्मती प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले स्पष्ट पारेको छ ।