एकपटक आफ्नो अनुहार हेर्नुस्, यी १० लक्षणले गर्छन् १० स्वास्थ्य समस्याको संकेत
अनुहारले व्यक्तिको शारिरीक र मानसिक स्थिति थाहा पाउन सकिन्छ। जस्तो कि झोक्राएको अनुहार र फ्रेस देखिने अनुहारबाट कुनै पनि व्यक्तिको स्फुर्तिबारे थाहा पाउन सकिन्छ। रिसाएको व्यक्ति र हँसिलो व्यक्ति पनि अनुहार बाटै छुट्याउन सकिन्छ। र केही यस्ता रोगहरु हुन्छन् जसको संकेत व्यक्तिको अनुहारबाटै भेट्न सकिन्छ।
यहाँ १० रोगहरुको बारेमा उल्लेख गरिएको छ जसलाई अनुहार हेरेर थाहा पाउन सकिन्छ
१. अनुहार सुन्निनु – यदि पुरै अनुहार सुन्निने हुन्छ भने यो मृगौला सम्बन्धि रोगको संकेत हुनसक्छ । यद्यपी, यस्तो समस्या औषधिको ‘साइड–इफेक्ट’का कारण पनि हुनसक्छ ।
२. दारीको रौँ झर्नु – दारीको रौँ झर्ने भएमा ‘हाइपोथायराइडिज्म’ नामक रोगको संकत हुनसक्छ ।
३. अनुहारमा रौँ – महिलाको ओठको माथि र चिउँडोमा अस्वभाविक रुपले रौँ आउँनु थाइराइड वा हर्मोनल असन्तुलनको संकते पनि हुनसक्छ ।
४. अनुहार पहेलिनु – लामो समयसम्म अनुहारमा पहेलोपना रहनु कलेजो रोगको संकेत हो । साथै यो पहेलोपन पोलियो र एनिमिया अर्थात् रक्तस्रावको संकेत पनि हुनसक्छ । यसले जन्डिसको पनि संकेत गर्छ।
५. सेतो दाग – अनुहारमा सेतो दाग हुनु क्याल्सियमको कमीको संकेत हुनसक्छ । साथै यो आइरनको कमी वा पेटमा जुका रहेको संकेत पनि हुन सक्छ ।
६. चम्किलो सेतो दाग – अनुहारमा केही स्पष्ट देखिने सेतो दाग हुनु कुष्ठ रोगको संकेत हुनसक्छ ।
७. पानी फोका – अनुहारमा पानी फोका आउँनु ‘चिकेनपक्स’(ठेउला)को संकेत हो ।
८. डन्डिफोर आउनु – अनुहारमा लामो समयसम्म डन्डिफोर आइरहने समस्या हुनु हर्मोनको असन्तुलनको संकेत हो । त्यस्तै पेट सम्बन्धि समस्या पनि हुनसक्छ ।
९. सुन्निनु – लगातार केही दिनसम्म पुरै अनुहार सुन्निनु एन्जियोएडिमाको संकेत हुनसक्छ ।
१०. अनुहारमा हल्का दाग – यदि अनुहारमा हल्का सेतो दाग देखिएमा यो पेटमा जुका रहेको संकेत हो ।
यदी तपाईलाई यो स्वास्थ्यसम्बन्धी टिप्स मन परेको भए हाम्रो वेबसाइटलाई (mulkhabar.com वा हाम्रो फेसबुक पेज -https://www.facebook.com/Mulkhabar) फलो गर्न सक्नुहुन्छ । साथीहरुलाई पनि यस्तो तरिका सेयर गर्न सक्नुहुन्छ ।