रिटर्नी सेन्टर पर्वतकाे भेला सम्पन्न, राजु न्याैपानेकाे नेतृत्वमा कमिटी गठन
वैदेशिक राेजगारीकाे सिलिसिलामा विभिन्न देश गएर फर्केका युवाहरूकाे संगठन रिटर्नी सेन्टर नेपालले जिल्ला स्तरमा संगठन विस्तार तिब्र पारेकाे छ ।
यसै क्रममा पर्वत जिल्लामा पनि रिटर्नी सेन्टरकाे भेला सम्पन्न भएको छ । भेलाले भेलाले राजु न्याैपानेकाे संयाेजकत्वमा ११ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
नेकपा ( माओवादी केन्द्र ) का पर्वत जिल्ला सचिवालय सदस्य तथा कुश्मा नगर अध्यक्ष शंकर गिरीको प्रमुख आतिथ्यमा भएको उक्त भेलाले साे कमिटी गठन गरेकाे हाे ।
भेलामा प्रमुख अतिथि गिरीले विदेशबाट फर्किएका युवाहरु विकास र परिवर्तनको मेरुदण्ड भएकाेले जति सक्दाे छिटाे पालिका स्तरमा पुगेर उत्पादन कार्यमा जाेड्न आग्रह गरे । त्यस्तै त्यस्तै रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशका संयोजक तथा भेलाका अध्यक्ष ईश्वरी प्रसाद ढकालले अब हामीले आसन र भाषण गर्नु भन्दा पनि उत्पादनमा जोडिएर रोजगारीको सृजना गर्नु पर्ने बताए ।
भेलामा रिटर्नी सेन्टर नेपालका केन्द्रिय सचिवालय सदस्य बालकृष्ण मरासिनीले संगठन खोल्नुको उदेश्य र यसको औचित्यबारे तथा देवघाट गाउँपालिकाका निर्वाचित गाउँपालिका उपाध्यक्ष तथा रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशका सह-संयाेजक भुवन सिं गुरुङ्गले संगठनको बिधि बिधानबारे प्रष्ट पारेका छन ।
रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेश सचिव सज्जन कुमार सिंहले सचालन गरेको उक्त भेलामा रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेश सदस्य हिरा बहादुर रेग्मी, रेशम केसी समेतकाे उपस्थितीमा रहेको थियो । भाेलि माघ ४ गते पाेखरामा रिटर्नी सेन्टर मुस्ताङको भेला हुने पनि सेन्टरकाे गण्डकी प्रदेश समितिले जनाएको छ ।