दाङ देउखुरीमा राप्ती पुलबाट बस खस्याे, १२ काे मृत्यु, २३ घाइते
बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेेर भएको दुर्घटनामा निधन हुनेकाे संख्या १२ पुगेकाे छ ।
दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा थप २३ जना घाइते भएका छन् ।
धेरैजसोको बसले च्यापिएर मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज पठाइएको प्रहरीले बताएको छ ।
पत्रकार प्रदिप वाग्लेका अनुसार शुक्रबार राति १०.३० बजेतिर भालुबाँङ पुलबाट बस राप्ती नदिमा खसेको थियो, बसबाट तत्कालै स्थानीय र प्रहरीको पहलमा घाइतेको उद्दार गर्दै पाँचजनाको शव निकालिएको थियो भने अन्य ७ जनाको शव जे.सि.बि.को प्रयोगगरि निकालिएको हो । करिब ३५ यात्रु रहेको सो बसका चालक तथा सहचालक दुबै घाइते छन् भने घाइते २३ जनाको प्राथमिक उपचार भालुवाङको प्रस्तावित ५० सैया अस्पतालमा गरिएको छ, अहिलेसम्म मृतकहरुको सनाखत हुनसकेको छैन ।