विद्यालय शिक्षा देश विकासकाे मुख्य आधार हाे : सांसद माझी 

मूलखबर संवाददाता
लमजुङ, २२ पुस

प्रतिनिधिसभा सदस्य उर्मिला माझी पाैडेलले विद्यालय शिक्षा राम्रो हुन सक्दा मात्रै देशकाे विकास हुन सक्ने बताउनुभएकाे छ ।

जिल्लाकाे राइनास नगरपालिका वडा नं ६ धमिलिकुवामा रहेकाे शैलपुत्री नमुना माविकाे स्वर्ण जयन्ती समाराेहमा प्रमुख अतिथकाे रूपमा शुभकामना मन्तब्य राख्दै सांसद माझीले बालबालीकाकाे भविष्य विद्यालय शिक्षामा निर्भर हुने बताउनुभयाे । उहाँले विद्यालय शिक्षा राम्रो भएमा विद्यार्थी शिक्षित खुने, समाजकाे विकासमा साेच्ने र भविष्यमा देशकाे विकासमा लाग्ने भएकोले विद्यालय शिक्षा राम्रो बनाउन शिक्षक, अभिभावक र विद्यार्थीका साथै राजनीति दल र नेताहरूकाे पनि सहयाेग चाहिने बताउनुभयाे ।

शिक्षामा सरकारले लगानी बढाउँदै लगेकाे बताउँदै उहाँले शिक्षामा लगानी बालुवामा पानी भन्ने अवस्थालाई फेर्नुपर्ने बताउनुभयाे ।

कार्यक्रममा विभिन्न विधामा पुरस्कृत भएका विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियाे भने विद्यालयले सांसद माझीलाई मायाकाे चिनाे प्रदान गरेकाे थियाे ।