वर्षमानले देखेको एउटा क्षेत्रः जसले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्छ

मूलखबर संवाददाता
काठमाडौं

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले नेपालले चीन र भानरतसँग पर्यटनको क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने बताएका छन्। बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालमा चीन पहिलो, भारत दोस्रो र तेस्रोमा अमेरिकाबाट बढी पर्यटकहरु आइरहेको उल्लेख गर्दै चीन र भारतसँग नेपालले पर्यटनको क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने बताए। भारतबाट वार्षिक ५ करोड र चीनबाट वार्षिक १० करोड पर्यटकहरु बाहिरिने गरेको भन्दै ती पर्यटकहरु नेपालले तान्न सक्नुपर्ने उनको भनाइ थियो।

उनले नेपालले चीन र भारतसँग प्रतिष्पर्धा गर्नसक्ने बजार पर्यटन मात्रै भएको बताए। उपमहासचिव पुनले भारतीय पर्यटकका लागि सीमानाकाका होटलहरु वैवाहिक सिजनमा चलायमान बनाउने र आकर्षक बनाउनुपर्ने बताए।

भारतसँगका सीमाना नजिकमा क्यासिनो वा मिनिक्यासिनो सञ्चालन गर्नसके पनि राम्रो हुने उनको भनाइ थियो।