काठमाडौं उपत्यकाको तापक्रम दैनिक घट्दै

मूलखबर संवाददाता
काठमाडौं

कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आज आंशिक बदली हुने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

त्यस्तै, वाग्मती प्रदेशका केहि पहाडी स्थानमा दिउँसो आंशिक बदली रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्का हिमपातको सम्भावना छ ।

आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

काठमाडौं उपत्यकाको तापक्रम दैनिक घट्दै गएको छ । काठमाडौंको न्यूनतम तापक्रम हिजो ६ डिग्री सेल्सियस मापन गरिएको थियो । नेपालको मौसममा अहिले पश्चिमी वायुको प्रभाव रहेको छ ।