प्रचण्ड परिवारविरुद्ध अनावश्यक प्रचारवाजी, यस्तो छ गोरखाको फोटोको वास्तविकता
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि बुधबार अनावश्यक आलोचना र विवाद सिर्जना गर्न खोजियो। सेनाको हेलिकप्टरको छेउँमा नवविवाहित नातिनी ज्वाइँसहित प्रचण्ड परिवारको फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रचण्डविरुद्ध जथाभावी आलोचना गरिएको छ।
तर वास्तविकता भने अर्कै छ- बुधबार सार्वजनिक भएको तस्बिर प्रचण्डका ज्वाइँको गृहजिल्ला गोरखाको हो। तस्बिरमा प्रचण्डको परिवारसँगै उनको ज्वाइँको परिवार पनि देखिन्छ ।
गोरखा पुगेका बेला प्रचण्ड निर्वाचन क्षेत्र गोरखा पुगेको बेला आफन्तसँग भेट भएको र त्यतिबेला लिइएको तस्बिर भए पनि सामाजिक सञ्जालमा गलत ढंगले अफबाह फैलाउने कार्य भएको देखिन्छ।
प्रचण्डका निजी सचिव रमेश मल्लले फेसबुकमा स्टाटस लेख्दै यस्ता गलत भ्रम फैलाएर प्रधानमन्त्रीको राजनीतिक प्रतिवद्धतालाई कमजोर पार्न कोशिस भइरहेको र यस्ता गलत सूचनाको भ्रममा नपर्न अनुरोध गरेका छन्।
उनले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू आज आफ्नो निर्वाचन क्षेत्र गोरखा कार्यक्रममा गएको बेला आफन्तसँग भेट भएको र त्यतिखेर लिएको तस्वीरलाई लिएर सामाजिक सञ्जालमा गलत ढंगले अफवाह फैलाउने काम भैरहेको छ। यसता गलत सूचना फैलाएर सम्माननीय प्रधानमन्त्रीज्यूको राजनीतिक प्रतिबद्धतालाई कमजोर पार्ने कोशिस भइरहेको छ। यस प्रकारको गलत सूचनाको भ्रममा नपर्न हामी सबैमा हार्दिक आग्रह गर्दछौं।’
प्रचण्डका फोटोग्राफर प्रतीपराज वन्तले पनि यसबारे लेखेका छन्- “बारपाक सुलिकोट गाउँपालिका ताकुकोट र ज्यामिरेघाट, घ्याल्चोक, गोरखामा आयोजित जनतासँग प्रधानमन्त्री अन्तरक्रिया आौपचारिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा प्रधानमन्त्रीले भर्खरै नवविवाहित नातिनिज्वाईँको परिवारलाई भेटेको तथा हेलिप्याडमा विदाई गर्दा मैले कैद गरेको तस्बिर लिएको कुरालाई लिएर अतिरञ्जनापूर्ण ढंगले तस्बिरलाई लिएर अनावश्यक भ्रम नर्छन हार्दिक अनुरोध गर्दछु।”