मण्डनदेउपुर ५ मा देबी डाेटेलकाे नेतृत्वमा माओवादी केन्द्रकाे नयाँ कमिटि निर्वाचित, वाइसीएलमा विनाेद लामिघाते

मूलखबर संवाददाता
काभ्रे, ७ पुस

 सत्तारूढ दल नेकपा माओवादी केन्द्रले जारी राखेकाे जनतासँग माओवादी : विशेष रूपान्तरण अभियान अन्तरगत काभ्रेको विभिन्न पालिकामा नेकपा माओवादी केन्द्रकाे वडा सम्मेलनहरू भइरहेका छन् ।

यसै क्रममा  मण्डन देउपुर नगरपालिका वडा नं ५ काे वडा सम्मेलन देबी डाेटेलकाे अध्यक्षतामा १५ सदस्यीय जुझारु वडा कमिटी निर्वाचित गर्दै भव्यताका साथ सम्पन्न भएको छ । शनिबार माओवादी केन्द्रका उपत्यका विशेष प्रदेश समिति उपाध्यक्ष सन्तोष पाैडेलकाे प्रमुख उपस्थितिमा भएको सम्मेलनबाट निर्वाचित कमिटीको सचिवमा डाेल्मा लामा रहनुभएकाे छ । त्यसैगरी विनाेद लामीघातेकाे अध्यक्षतामा १३ सदस्यीय YCL वडा कमिटि पनि चयन भएको छ ।

निवर्तमान अध्यक्ष चिनबहादुर तामाङकाे अध्यक्षता र सचिव जयराम डाेटेलकाे सञ्चालनमा भएको सम्मेलनमा वागमती प्रदेश सदस्य गाेपाल घिमिरे, नगरपालिका उपाध्यक्ष राेहित माेक्तान र इश्वर ढकाल, सचिव गाेकुल डाेटेललगायतकाे उपस्थिति रहेको थियाे ।

निर्वाचन क्षेत्र सदस्य उद्वव बस्नेतले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि तथा नगर इन्चार्ज सन्ताेष पाैडेलले अभियान केही कमिसहित सापेक्षतामा सफल भएको बताउनुभयाे । उहाँले माओवादी पार्टी मात्रै नभई समाज रूपान्तरणकाे अभियान र परिवर्तनको लागि भएको आन्दोलन भएकोले कसैले चाहेर नसकिने र अभियान नराेकीने बताउनुभयाे ।

सम्मेलनमा प्रदेश सदस्य गाेपाल घिमिरेले वडा नं ५ मा चुनाव जित्ने पर्याप्त आधार भएको बताउनुभयाे । कार्यक्रममा नगरपालिका उपाध्यक्ष राेहित माेक्तान र इश्वर ढकाल, सचिव गाेकुल डाेटेल, अनेमसंघकि नेतृ मिरा सत्याल, वाइसीएल नगर अध्यक्ष सन्ताेष तामाङ, अनेकिसंका नगर अध्यक्ष देवि डाेटेल, श्याम लामालगायतले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियाे । कार्यक्रममा सहिद परिवारहरूकाे पनि उपस्थिति रहेकाे थियाे ।

डिआर लामाकाे संयाेजकत्वमा रहेकाे निर्वाचन समितिले विधिसम्मत तवरले कमिटी निर्चित भएको घाेषणा गरेकाे थियाे भने नवनिर्वाचित समितिलाई खादा लगाएर सम्मानित गरिएको थियाे ।

सम्मेलनले सदस्यता विस्तारमा विशेष ध्यान दिने निर्णय गरेकाे छ ।

निर्वाचित वडा कमिटीलाई अतिथिहरूले बधाई र सफल कार्यकालकाे शुभकामना दिनुभएको थियाे ।