ओरेकमा नयाँ नेतृत्व, पोखलेरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन
काठमाडौं, १७ मंसिर २०८०
महिला पुर्नस्थापना केन्द्र(ओरेक)को ३२औँ साधारणसभा तथा १६औँ अधिवेशनले नयाँ कार्यसमिती चयन गरेको छ । शनिवार अल्फा हाउस नयाँबानेश्वरमा सम्पन्न अधिवेशनले सविता पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती सर्वसहमत चयन गरेको हो । समितीको उपाध्यक्षमा सुनिता दनुवार, सचिव संगिता अधिकारी, कोषाध्यक्षमा इन्द्र बती नेङबाङ निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा क्रमशः सरोज गुरुङ, रीता कुमारी शाह, किरण कुमारी शाह, रिक्मा बिश्वकर्मा, निर्मला धिताल, सरिता खड्का, अम्विका रुपाखेती चयन भएका छन् । निर्वाचित कार्यसमिति पदाधिकारीको पदावधि दुई बर्षको हुनेछ ।
यसैगरि संस्थाले महिला अधिकार स्थापनाका लागि आन्दोलन र संस्थाको अगामि कार्यनीति तय गरेकोछ । महिला पुर्नस्थापना केन्द्र (ओरेक)ले आगामी कार्यनीति महिला अधिकार स्थापनाको लागि आन्दोलनलाई अगाडी सारेको छ । अधिवेशनमा आगामी कार्यक्रमहरु प्रस्तुत गर्दै ओरेकले महिला अधिकार स्थापनाको लागि आन्दोलनलाई मुख्य योजनाको रुपमा अगाडि बढाउने नवनिर्वाचित अध्यक्ष पोखरेलले जानकारी दिए ।
ओरेकले अगामि योजनामा महिलाको श्रम शरिर र पहिचानको अधिकार सुनिश्चिताको सवालमा अभियानमुलक गतिविधिहरु गर्ने, रुपान्तरित नेतृत्वका लागि युवा महिला तथा अगुवा महिलाहरुको भेला तथा बहसका कार्यक्रमहरु संचालन गर्ने, सरकार संगको साझेदारी र सहकार्य, महिलाको आर्थिक तथा राजनीतिक सशक्तिकरणका लागि पैरवी, महिला तथा किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका सवालमा अभियान संचालन गर्नेछ । यसैगरि पर्यावरणिय न्याय र महिलाको नेतृत्वको सवालमा पैरवी गर्ने लगाएतका कार्यक्रमहरुमा पनि संस्था केन्द्रित रहेनेछ ।