कुनै पनि पाठ चयन गर्नुहोस् र सुन्न आइकनमा क्लिक गर्नुहोस्!

राखेप सदस्यसचिव घिसिङलाई एशिया रग्बी प्रतिष्ठित पुरस्कार

मूलखबर संवाददाता
काठमाडौं, ११ मंसिर २०८०

राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई एसिया रग्बीले प्रतिष्ठित सेवा पुरस्कारबाट सम्मान गरेको छ ।

नेपाल रग्बी संघका पूर्व अध्यक्ष समेत रहेका घिसिङलाई उनको कार्यकालमा नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनिय योगदान पु¥याए वापत सम्मान गरिएको हो । उज्वेकिस्तानको तास्केन्टमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा सदस्य–सचिव घिसिङलाई अवार्ड प्रदान गरिएको थियो ।

सदस्य–सचिव घिसिङ एसिया रग्बीका कार्यकारी सदस्य पनि हुन् । सदस्य–सचिव घिसिङ २०१२ मा नेपाल रग्बी संघको अध्यक्षमा निर्वाचित भएयता २०२१ सम्म अध्यक्षको जिम्मेवारीमा थिए । दुई वर्षअघि उनी राखेप सदस्य–सचिवमा नियुक्त भएपछि अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

उनको कुशल नेतृत्वमा नेपाली रग्बीले विश्वव्यापी मान्यता पाएको थियो । सन् २०१८ मा नेपालले एसिया रग्बीको पूर्ण सदस्यता तथा सन् २०२० मा विश्व रग्बीको एसोसिएत मेम्बर प्राप्त गर्दा सदस्य–सचिव घिसिङको महत्वपूर्ण भुमिका थियो ।

उनकै महत्वपूर्ण भुमिकामा नेपालले यसै वर्ष विश्व रग्बीको पूर्ण सदस्यता पाएको थियो ।

सन् २०१९ मा एसिया रग्बीको सदस्यमा निर्वाचित भएपछि सदस्य–सचिव घिसिङ खासगरी दक्षिण एसियालाई केन्द्रमा राखेर एसियामा रग्बीको विकास र विस्तारमा निरन्तर कृयाशील रहँदै आएका छन् ।

छान्नुहोस् र सुन्नुहोस्